‘२१ औं शताब्दीमा बिश्व साम्राज्यवादको उन्मुलन र श्रमिक बर्गीय क्रान्ति पुरा हुन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीले २१ औं शताब्दीमा बिश्व साम्राज्यवादको उन्मुलन र श्रमिक बर्गीय क्रान्ति पुरा हुने ठोकुवा गरेका छन्। नेकपा काभ्रेको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेकपा काभ्रेले राजनीति, संगठन ,जनाधार निर्माण र युवा परिचालनमा प्रगति गरेको बताउँदै संघर्ष , आर्थिक र थप उत्पादनमा नेकपा काभ्रेले जोड दिनुपर्ने बताए। उनले पार्टीको आगामी संघर्षको मोर्चामा काभ्रे जिल्लाको बिशेष महत्व हुने बताउँदै पार्टीको मर्म र गति पकड्दै जिल्ला पार्टीलाई कार्य सम्पन्न गर्न निर्देशन दिए।

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले देशको समग्र समस्याको समाधानको निम्ति पार्टीले अगाडि सारेको नेपाली विशेषताको समाजवाद र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वलाई व्याबहारिक रुपदिन काभ्रे जिल्ला पार्टीले महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने बताए। उनले दलाल संसदवाद र संसदीय व्यवस्थाको मृत्युलाई यसको मालिक साम्राज्यवादले नेपालमा बचाउन नसक्ने ठोकुवा गर्दै नेपाली जनता र राष्ट्रिय मुक्तिको नेतृत्व गर्ने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएकोले यसका निम्ति दिलोज्यान दिएर काम गर्न निर्देशन समेत दिए।

नेपाल कम्युनिस्ट पार्टी काभ्रेका सेक्रेटरी प्रेरक सीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले पार्टी सदस्यता अभियान, टोलसम्म सङ्गठन बिस्तार, राजनीतिक तथा बैचारिक प्रशिक्षण, समाजवादी मोर्चा , जबस / मोर्चाहरुको बिस्तार र परिचालन, उत्पादन, तल्लो तहका बैठक, भेला, प्रशिक्षण, अन्तर्कृया कार्यक्रमलगायत विभिन्न निर्णयहरु गरेको बताइएको छ ।
उक्त बैठकमा पार्टीका पोलिटब्युरो सदस्य कान्छाराम सी, केन्द्रीय सल्लाहकारद्वय दिपक सी, सिद्दिबहादुर सी, केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिन्दु सी, केन्द्रीय सदस्य जित सी ले मन्तव्य राखेका थिए ।

उक्त बैठकको संचालन नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य तथा कार्यालय सचिव सुरेन्द्र सी ले गरेका थिए भने बैठकमा केन्द्रीय प्रतिनिधि सदस्य प्रताप सी लगाएतका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
