दलाल पुँजीवादी गणतन्त्रको अन्त्य अनिबार्य

२०८१ मंसिर ९ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सीले दलाल पुँजीवादी गणतन्त्रको अन्त्य अनिबार्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी दैलेखले आयोजना गरेको ११ औं पार्टी पुनर्गठन दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता सुशिल सीले दलाल पुँजीवादका कारण देशमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेको बताउदै भने- ‘दलाल पुँजीवादी गणतन्त्रको अन्त्य गर्न आवश्यक छ, देश बचाउन र समाजवादी व्यवस्थाको लागि सवै अग्रगामी शक्तिहरु एकजुट हुन आवश्यक छ ।’

नेता सुशिल सीले नेपालको सबै समस्याको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र भएको बताउदै भने- ‘समाजवादका लागि नेकपा हरेक मोर्चावाट संघर्ष गर्न तयार छ, आवश्यक परे ०८४ को चुनाव लडन पनि तयार छ, आवश्यक परे जनसंघर्षको मोर्चा समाल्न पनि तयार छ, किनकी केवल नेपाली विशेषताको समाजवाद नेपालमा चाहिन्छ, यसले मात्र अहिलेको सवै संकट र समस्याको समाधान दिन सक्छ ।’
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सी र काठमाडौ दैलेख गणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष प्रेम सीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शहिद परिवारलाई प्रमुख अतिथि स्थायी समिति सदस्य सुशिल सीले अभिनन्दन गरे । भने ज्वाला सहिद स्मृति परिवारका कलाकारहरले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
जिल्ला सेक्रेटरी प्रकाश सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सदस्य उदयराम सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]