‘रगत र सुखको बलिदान गर्ने मान्छे कहिल्यै हार्दैन’

२०८१ माघ १ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्ड सीले रगत र सुखको बलिदान गर्ने मान्छे कहिल्यै नहार्ने ठोकुवा गरेका छन्। सोमबार नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको दशौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले जो मान्छे मर्नदेखि डराउँछ ऊ चाँडै मर्ने र जो मान्छे क्रान्तिको लागि मर्न तयार हुन्छ ऊ धेरै एवम् सधैं बाच्ने बताउदै दीर्घकालीन सुख प्राप्तिका लागि क्षणिक सुख सयललाई त्याग गर्नुपर्ने बताए। उनले मर्नका लागि तयार हुने मान्छेहरु सधैं बाँच्ने बताउदै बैठकमा सहभागी नेतालाई ऊर्जावान भएर पार्टीका आगामी योजना सत प्रतिशत लागू गराउने उद्देश्यका साथ अघि बढ्न निर्देशन समेत दिए ।
उक्त बैठकले पछिल्लो राजनीतिक परिस्थिति र जनताको आवश्यकतालाई मध्यनजर गर्दै महत्त्वपूर्ण निर्णय गरेकोबताइएको छ । जस अन्तर्गत उत्पादनलाई निरन्तरता दिने, उत्पादित वस्तुको बजार व्यवस्थापनमा जोड दिने, भ्रष्टाचार अध्ययन तथा नियन्त्रण समिति बनाएर भ्रष्टाचारको अन्त्य गर्ने अभियान चलाउने, ग्रामीण भेगमा विकास निर्माणको कामलाई जोड दिने निर्णय गरेको छ ।


त्यस्तै उक्त बैठकले नमूना कार्यको रुपमा सहिद स्मृति प्रतिष्ठान नेपालको निर्माणाधीन भवन पूर्णरुपमा निर्माण गर्ने, हेटौंडामा जनमास प्रदर्शनको तयारी गर्ने, प्रशिक्षण तथा अन्तरक्रिया सन्चालन गर्ने, आगामी ०८४ को निर्वाचनलाई क्रान्तिको एउटा मोर्चाको रुपमा प्रयोग गरेर जाने र त्यसको लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।
यसैगरी, उक्त बैठकले मनहरी गाउँपालिकाको इन्चार्जमा गुण सी र सेक्रेटरीमा सुर्य बहादुर सी, हेटौंडा उपमहानगरपालिकाको इन्चार्जमा विवेक सी र सेक्रेटरीमा मोहन सी, कैलाश गापा इन्चार्जमा बिजय सी चयन गरेको छ भने अन्य पालिकाको यथावत रहने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु