नेकपा : माओवादीको नयाँ संस्करण

२०८१ माघ १७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज सन्तोस सीले नेकपा हिजोको जनयुद्धकालीन माओवादीको नयाँ संस्करण भएको बताएका छन् । बुधबार नेकपा गुल्मीको बैठकमा बोल्दै उनले हिजो जनयुद्धमा अन्यायमा परेका जनताले माओवादी खोज्थे तर अहिले माओवादी विचलन र बदनाम भएपछि नेकपा बनेको बताए ।
बैठकमा उनले माओवादीको खरानीबाट नेकपा बनेको बताउँदै हिजो जनयुद्धमा जनताको समस्या समाधान गर्ने माओवादीको नयाँ संस्करण आजको नेकपा भएको बताए ।
उनले भने, “नेकपा अहिले देशको वैकल्पिक शक्ति हो । देशको जिम्मा लिने अवस्थामा नेकपा आइपुगेको छ ।”
बैठकमा उनले भने, “संसदीय व्यवस्था अहिलेको समस्या हो । देश संकट पर्नुको मूलकारण संसदीय व्यवस्था हो । जनताले नयाँ विकल्प खोजिरहेका छन् । चौतर्फी पहल गर्दै जनतासितको सम्बन्धलाई सुदृढ गर्दै नेपाली विशेषताको समाजवादतर्फ जानुपर्छ ।”
जिल्ला बैठकमा नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज खोमाले जिल्लाको आगामी योजना र जिल्ला सेक्रेटरी बसन्त सीले जिल्लाको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]