भारतीय अतिक्रमणबिरुद्धको जनप्रतिरोध जायज

२०८१ माघ २२ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भारतीय अतिक्रमणबिरुद्धको जनप्रतिरोध जायज भएको जनाएको छ । सो पार्टीका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सीले मंगलबार बिज्ञप्ति जारी गर्दै सो कुरा जनाएका हुन्।
नेता भारत सीले भारतीय अतिक्रमणबिरुद्ध जनताले गरिरहेको प्रतिरोध आन्दोलन जायज भएको र पार्टीले उक्त आन्दोलनको समर्थन गर्ने बताएका छन। उनले नेपाली राष्ट्रियताविरुद्ध हुने हर्कतका बिरुद्ध प्रतिरोध संघर्षमा उत्रन सम्पूर्ण राष्ट्रप्रेमी युवा, बिद्यार्थी र आम जनसमुदायलाई हार्दिक अपिलसमेत गरेका छन ।
नेता भारत सीले नेपाल सरकार र सम्बन्धित निकायलाई राष्ट्रबिरोधी हर्कत रोक्न र समस्या समाधानका लागि कुटनैतिक पहल गर्न अनुरोध गर्दै भारतीय साम्राज्यवादका बिरुद्ध जस्तोसुकै मोर्चाको नेतृत्व गर्न पार्टी तयार रहेको बताएका छन । उनले कञ्चनपुरमा गरिएको सिमा अतिक्रम तत्काल रोक्न कडा चेतावनी समेत दिएका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ –

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु