नेपाली विशेषताको समाजबाद अनिवार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सीेले व्रतमा राजनीतिक संकट समाधानका लागि नेपाली विशेषताको समाजबादी ब्यबस्था अनिवार्य भएको ठोकुवा गरेका छन् । नेकपा दैलेखद्वारा शुक्रबार आयोजित राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता सुशिल सीेले संसदीय व्यवस्थाले देश र जनताको हितमा काम गर्न नसकेको ठोकुवा गर्दै यसको विकल्पमा नेपाली विशेषताको समाजबादी ब्यबस्था अनिवार्य भएको बताए । उनले नेपाली विशेषताको समाजवाद ल्याउने अभियानमा सबै नेपालका कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुपर्नेसमेत बताए ।
नेता सुशिल सीेले समाजवाद सबै कम्युनिष्ट शक्तिहरुको नारा भएकाले यसलाई ल्याउन पनि सबै कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुपर्ने भन्दै नेपालका कम्युनिष्टहरु तत्काल वैज्ञानिक समाजवादको अभियानमा जान नचाहेपनि नेपाली विशेषताको समाजवादी अभियानमा जानका लागि भने कुनै हिच्किचाउन नहुने बताए । उनले नेकपाले जनताको अभिमत लिएर भएपनि एकपटक समाजवादी व्यवस्थाका लागि आगामी ०८४ सालको चुनावमा सहभागी हुने भन्दै त्यसका लागि दल दर्ता गरी जनतामा पुग्ने बताए ।
नेता सुशिल सीेले समाजवादी ब्यबस्थाका लागि नेकपालाई जनताले एकपटक अवसर दिने विश्वास गर्दै सबै नेपाली जनतालाई एकपटक सहयोग गर्न अपिलसमेत गरे ।
नेकपा दैलेखका सेक्रेटरी प्रकाश सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय प्रतिनिधि सदस्य उदयराम सीले गरेका थिए भने स्वागत मन्तव्य केन्द्रीय प्रतिनिधि सदस्य जनक सीले दिएका थिए । उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज कलम सी,नेकपा प्रतिनिधि समिति सदस्य राजन सीको आतिथ्यता रहेको थियो ।कार्यक्रमको बिच –बिचमा ज्वाला सहिद सांस्कृतिक परिवारले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।