आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले आउँदो दशक समाजवादीमय बन्ने निश्चित भएको ठोकुवा गरेका छन्। महासचिव विप्लव सीले ३०औं महान जनयद्ध दिवसको अवसरमा शुभकामना सन्देशमार्फत सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले जनयुद्धले गणतन्त्रसम्म ल्याएको तर यो गणतन्त्र जनताको बन्न नसकेको उल्लेख गर्दै जनयुद्धमा वलिदान, त्याग र योगदान गर्ने आम श्रमिक जनताले अझै पनि गरिबी, विभेद, उत्पीडनबाट उन्मुक्ति पाउन नसकेको बताएका छन् । उनले देशले साम्राज्यवादीहरुको हैकम, हस्तक्षेपबाट स्वाधीनता छुटकरा नपाएको उल्लेख गर्दै अस्थिरता, अन्यौंलता, अराजकता, संकट व्याप्त भएको र दलाल पुँजीवादी सत्ता र जनताका बीचमा संघर्ष चलिरहेको बताएका छन् ।
महासचिव विप्लव सीले नेकपाले जनताको गणतन्त्र समाजवादी गणतन्त्रका लागि संघर्ष गरिरहेको जनाउदै सत्तासिन वर्ग एवं शासकहरुले जतिनै धाकधम्कि दिए पनि समाजावदी आँधीलाई रोक्न सम्भव नभएको ठोकुवा गरेका छन् । उनले शान्ति, स्थिरता, स्वाधीनता, समानताका लागि समाजवाद अपरिहार्य आवश्यकता बनिसकेको बताउदै आउँदो दशक समाजवादीमय बन्ने निश्चित भएको ठोकुवा गरेका छन्।
३०औं महान जनयद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले दिएको शुभकामना सन्देश यस प्रकार रहेको छ – ‘ हामी महान जनयुद्ध ३०औ दिवसको सुअवसरमा छौं । यस सुखद अवसरमा हाम्रो जनप्रिय पार्टी देश विदेशमा रहेका आदरणीय आमा—वा, दाजुभाइ—दिदिवैनी, छोराछोरी सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछ । जनयुद्ध एवं एकीकृत जनक्रान्तिमा साहदत प्राप्त गर्ने महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली, वेपत्ता तथा घाइते योद्धाप्रति उच्च सम्मान, परिवारजनमा संवेदना व्यक्त गर्दछ ।
जनयुद्धले हामीलाई गणतन्त्रसम्म ल्याएको छ । परन्तु गणतन्त्र जनताको बन्न सकेको छैन । जसको कारण जनयुद्धमा वलिदान, त्याग र योगदान गर्ने आम श्रमिक जनताले अझै पनि गरिबी, विभेद, उत्पीडनबाट उन्मुक्ति पाउन सकेका छैनन् । देशले साम्राज्यवादीहरुको हैकम, हस्तक्षेपबाट स्वाधीनता छुटकरा पाएको छैन । अस्थिरता, अन्यौंलता, अराजकता, संकट व्याप्त छ । दलाल पुँजीवादी सत्ता र जनताका बीचमा संघर्ष चलिरहेको छ ।
हाम्रो जनप्रिय पार्टी जनताको गणतन्त्र समाजवादी गणतन्त्रका लागि संघर्ष गरिरहेको छ । कैयौं भ्रम र अन्यौंलताबाट मुक्त हँुदै जनता अर्को नयाँ क्रान्तिको लागि तयार हँुदै गएका छन् । सत्तासिन वर्ग एवं शासकहरुले जतिनै धाकधम्कि दिए पनि समाजावदी आँधीलाई रोक्न सम्भव छैन । शान्ति, स्थिरता, स्वाधीनता, समानताका लागि समाजवाद अपरिहार्य आवश्यकता बनिसकेको छ । आउँदो दशक समाजवादीमय बन्ने निश्चित छ ।
जनयुद्ध दिवसको अवसरमा हामी समाजवादी मोर्चाका सहयात्री पार्टीहरु, समाजवाद पक्षधर मित्र पार्टी एवं व्यक्तित्वहरुलाई एकता र मोर्चाका लागि अपिल गर्दछौं । आम नागरिकहरुलाई देशको अग्रगमनका लागि एकतबद्ध भएर अगाडि बढ्न विशेष आग्रह गर्दछौं । अन्तमा नेपाली जनताको महान मुक्ति पर्वमा देश विदेश सबैतिर हर्षउल्लासका साथ सहभागि बन्न साथै नयाँ विजयप्रति प्रतिबद्ध बन्न आह्वान गर्दछौं ।’

प्रतिक्रियाहरु

[anycomment]