संसदीय राजनीतिमा ओली र दाहालको पुनः एकता
१. एमाले र माओवादी केन्द्रको आश्चर्यजनक एकता ः एकता वा विभाजन निरपेक्ष हुँदैनन् । परिस्थितिमा आएको फेरबदल वा परिवर्तनलार्ई आधार बनाएर आपूm र आफ्नो शक्तिलार्ई अगाडि बढाउने क्षमतालार्ई महत्वका साथ हेरिन्छ । यही मंसिर ४ गतेको संसदीय चुनावपछि संसदीय राजनीतिमा नयाँ परिवर्तन देखाप¥यो । संसदीय राजनीतिका मुख्य तीन खेलाडी छन्, ती हुन् ः शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल । तीनवटै खेलाडीहरु प्रधानमन्त्रीका आकांक्षीहरु हुन् । चुनावी परिणामले पुरानै सत्ता गठबन्धनलार्ई बहुमत दिए पनि पहिलो कार्यकालको प्रधानमन्त्री को भन्नेमा विवाद बढ्यो । नेपाली कांग्रेसभित्र माओवादी विरोधी दबाब अलि बढ्यो । यस्तो अवस्था बन्यो कि शेरबहादुर देउवा र प्रचण्डबीच सहमति भए पनि एउटा समूहले नमान्ने जस्तो अविश्वसनीय वातावरण देखाप¥यो । हुँदाहुँदा त प्रधानमन्त्री र राष्ट्रपति दुवै नेकांलार्ई नै सुरक्षित गर्ने खेल सुरु भयो । यही परिस्थितिको लाभ उठाउने रणनीति ओलीले लिए । प्रचण्डलार्ई प्रधानमन्त्री बनाएरै भए पनि अरु महत्वपूर्ण पदहरु लिने रणनीतिमा एमाले देखियो । संगठनात्मक हिसाबले एमाले सबैभन्दा ठूलो दल भएर पनि विरोधी गठबन्धनका कारण उसले ठूलो क्षति व्यहोर्नुपरेको पीडालार्ई सच्याउने यो नै अन्तिम मौका थियो । उता माओवादी केन्द्र र पुष्पकमल दाहालका लागि पनि यो एउटा अन्तिम र निर्णायक समय थियो । आलोपालोमा दोस्रो कार्यकालका लागि उनले पर्खने दुस्साहस गर्नु हुँदैनथ्यो । स्वार्थका हिसाबले ओली र दाहाल पुनः एकताको अवस्थामा पुगे । वाम एकताको पक्षमा चर्को दबाब एकातिर छँदै थियो भने अर्कोतिर वैदेशिक अन्तरविरोधका हिसाबले पनि यो जरुरी थियो । परिस्थितिको अध्ययनमा ओली र दाहाल उत्कृष्ट ठहरिए ।
सबैभन्दा रोचक कुरा के भयो भने ओली र दाहालको एकताको सम्भावनालार्ई कांग्रेसीहरुले अनुमानसम्म गर्न सकेनन् । ठूलो दल भएपछि नेपाली कांग्रेसभित्र देउवाविरुद्ध अलि ठूला विद्रोह भए । संसदीय दलमा दलको नेताका लागि गगन थापाले लडे र युवाहरुको ध्यान केन्द्रित गरे । उनीहरुले देउवाविरुद्ध संस्थागत विद्रोह गर्ने योजना बनाए । यही अविश्वसनीय र तरल वातावरणलार्ई एमाले अध्यक्ष ओलीले चुक्ता गरे । उता गतिशील र चतुर प्रचण्ड पनि यही संकेतको प्रतिक्षामा थिए । यो मौका वा अवसर आउँछ भन्नेमा प्रचण्ड विश्वस्त थिए । संसद्भित्रका सबैको मनोविज्ञान अध्ययन गर्नमा तीनवटै नेता अब्बल छन् । अघिल्लो पटक सत्ताको उन्मादमा ओली चुके भने यसपाली देउवा चुके । प्रचण्डलार्ई पहिलो प्रधानमन्त्री भएको भए गठबन्धन टुट्दैनथ्यो । सायद, त्यही निष्कर्षलार्ई ओलीले प्रयोग गरे । खासमा सत्ताको लडाईं, प्रतिस्पर्धा वा टक्कर त एमाले र नेकांबीच नै छ र थियो । यही अन्तरविरोधमा माके वा प्रचण्ड निर्णायक बनिरहेका छन् । परिस्थितिलार्ई आफ्नो काबुमा राखिराख्ने प्रचण्डको कला वा क्षमता अद्भूत सावित भयो । उनी प्रधानमन्त्री बने र संसदीय राजनीतिमा आपूmलार्ई अब्बल सावित गरिछाडे ।
२. राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सरकारमा प्रवेश ः राष्ट्रिय राजनीतिमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी जबरजस्त उदाएको छ । संसदीय चुनावमा उसले माओवादी केन्द्रको हाराहारीमा मत ल्यायो । उ एक्लै लड्यो र पनि संसदभित्रको उसको संख्या उत्साहजनक थियो । वर्तमान सत्ता गठबन्धनमा एकाएक रवि लामिछानेको प्रवेश त्यो पनि उपप्रधान तथा गृहमन्त्रीको रुपमा हुँदा सबैलार्ई आश्चर्य चकित पा¥यो । उता अस्ताइसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीलार्ई एकाएक पुनर्जीवित गरेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सत्ता गठबन्धनलार्ई समर्थन गर्ने निर्णयमा सहमत भए । अन्ततः राप्रपा पनि सरकारमा जाने करिब निश्चित छ । सरकारमा गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था कस्तो होला त्यो भने हेर्न बाँकी नै छ । उनीहरुका मन्त्रीहरु बद्नामित भएर निस्केलान् वा लोकप्रिय भएर त्यो अनुमानको विषय मात्र हो । जेहोस् ताजा पार्टी र व्यक्तिलार्ई मन्त्री बनाउनु प्रचण्डको लागि राम्रो अवसर हो । रवि लामिछानेहरुले आफ्नो लोकप्रियताको लागि गर्ने काम र प्रचारबाजीले अन्ततः प्रचण्ड सरकारको सफलतालार्ई नै प्रतिबिम्बित गर्नेछ ।
३. चुनाव अगाडि हुनुपर्ने ओली–दाहालको एकता ः नेपालमा वाम एकताको एउटा समस्या छ, त्यो हो ः माली को बन्ने भन्ने समस्या । आफ्नो नेतृत्वमा हुने भए सबै तयार हुने तर अरुलार्ई स्वीकार्न तयार नहुने । सहकार्य, सहअस्तित्व र आलोपालो वा शक्ति बाँडफाँटलार्ई व्यवस्थित गर्न सके मात्र यो समस्याको समाधान हुन्छ । मेरो सुझाव थियो ः ओली र दाहाल चुनाव अगाडि नै मिलुन किनकि त्यसले नै उनीहरुलार्ई विजयी बनाउँछ । यदि त्यसो भएको भए अहिलेको संसदमा रास्वपा र राप्रपा देखिने थिएनन् र नेकां पनि सानो संख्यामा हुने थियो । यो बुद्धि र चेतना उनीहरुमा आएन । उनीहरुको गतिशीलता र चातुर्यताले पनि काम गरेन । यदि त्यसो भएको भए संसदीय अंक गणितमा उनीहरुको गुणात्मक परिवर्तन देखिन्थ्यो । हुन त उनीहरु नमिल्दा राष्ट्रिय राजनीतिमा जति रमाइलो भयो, त्यो भने हुने थिएन नै । संसदमा नयाँ दलहरु उदाउँदा त्यो सही नै भएको छ । पुराना दलहरु र नेतृत्वको विरोधमा नयाँ शक्तिहरु उदाउनु सकारात्मक नै छ । एउटा पुरानो सिन्डिकेट तोड्नेसम्मको प्रयत्न सफल भएको छ । जनतामा विकल्प खोज्ने चेतनाको विकास भएको छ ।
४. ओली र देउवा मिल्ने सम्भावनाको अन्त्य ः कतिपयको विश्लेषण थियो माधव नेपाल र पुष्पकमल दाहाललार्ई सिध्याउनका लागि केपी ओलीले शेरबहादुर देउवालार्ई साथ दिनेछन् । यो एउटा खाले विश्लेषण थियो । प्रचण्ड र नेपालले विगतमा जुन हतियार प्रयोग गरे त्यो ओलीले गरेनन् । ओलीलार्ई हान्नको लागि देउवाको हतियार एउटा सफल प्रयोग थियो । त्यसकै बद्ला लिनका लागि ओली पनि त्यही गर्लान् कि भन्ने अनुमान सही सावित भएन । नेपाली संसदीय राजनीतिमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमालेबीच नै छ । यसरी हेर्दा, ओलीको मुख्य प्रतिस्पर्धी देउवा नै हुन् । आफ्नै प्रतिस्पर्धीलार्ई बलियो बनाउने गल्ती ओलीले गरेनन् । बरु गगन थापाहरुलार्ई प्रयोग गर्नु ओलीको लागि सही हुन्थ्यो । उता शेरबहादुर देउवाले पनि एमालेको सहयोगमा आपूm प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरेनन् । देउवाले ओलीलार्ई तपाईं प्रधानमन्त्री बन्नुस् पनि भनेनन् ।
५. सबैको ध्यान आफैंमा केन्द्रित ः चुनावी परिणाम पछि सत्ता गठबन्धनभित्र प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको लडाईंमा केन्द्रीत रह्यो । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र त बबण्डर नै मच्चियो । सबैभन्दा पहिले प्रधानमन्त्री र दलको नेतामा गगन थापाले दाबी गरे । उता प्रकाशमान सिंह, रामचन्द्र पौडेलले पनि कि त प्रधानमन्त्री कि त राष्ट्रपति बन्ने दौडधुप सुरु गरे । नेकांभित्र अवसर लिने ठूलो होडबाजी चल्यो । खासगरी प्रधानमन्त्री र राष्ट्रपति आफैंसँग सुरक्षित गर्ने बहसहरु चले । अहिलेको प्रक्रियालार्ई समाप्त गरी ठूलो दलको हैसियतमा एकल सरकार बनाउने भित्री खेलहरु पनि भए । यी सब दाउपेच वा योजनालार्ई ओली र दाहालले असफल बनाइदिए । अहिले नेकांभित्र एउटा रुवाबासी चलेको छ । सबैले सभापति देउवालार्ई दोष थोपर्ने अभियान नै चलाएका छन् । नेकामा विशेष महाधिवेशन नै बोलाएर सभापति देउवालार्ई अपदस्त गर्नेसम्मका अभियान सार्वजनिक भएका छन् । फेरि नेकां फुटको शिकार नबनोस् भन्ने मेरो शुभकामना छ । समय वा परिस्थितिको आवश्यकता हो ः कांग्रेसको एकता । प्रक्रियामा जाने तर परिणाम अस्वीकार गर्ने कुरा राम्रो हुँदैन ।
५. होला त एमाले र माकेको एकता ? ः ओली र दाहालबीच कुरा मिले सबै कुरा सम्भव छ । एमाले भन्नु केपी ओली र माओवादी केन्द्र भन्नु प्रचण्ड पटक–पटक सावित एकै तथ्य हो । सबै पार्टीभित्र मुख्य नेतालार्ई केन्द्र बनाउने प्रवृत्ति हाबी छ । बाइसे, चौबिसे राजा रजौटा जस्तै सबै पार्टीभित्र ठूला–साना राजाहरु छन् । पार्टी बलियो बनाउन हाम्रो जस्तो देशमा यो हुनु पनि पर्दोरहेछ । विधि, पद्धति र विचारभन्दा पनि नेता केन्द्रीत राजनीति हाम्रो आफ्नो विशेषता बनेको छ । ओली र दाहालबीच कुरा मिल्यो भने फेरि वाम एकताको सम्भावना बढ्न सक्छ ।
६. सानो होइन ठूलो कम्युनिष्ट पार्टीको नेतृत्व गर्नुस् भन्ने शुभकामना ः नेपालका सबै कम्युनिष्ट नेतालार्ई एउटा शुभकामना छ ः सानो होइन, ठूलो कम्युनिष्ट पार्टीको नेता बन्नुस् । एकातर्फ ओली, प्रचण्ड, माधव नेपाल, नारायणमान विजुक्छे र चित्रबहादुर केसीलार्ई त्यो आग्रह छ भने अर्कोतर्फ विप्लव, किरण, कञ्चन, आहुती र ऋषि कट्टेललार्ई पनि त्यही आग्रह छ । सपना सानो होइन, ठूलो देख्नुस् । आफ्ना समूहको जीत वा विजयको खाका कोर्नुस् । कार्यकर्तालार्ई दास होइन मालिक बनाउनुहोस् । आफ्ना कार्यकर्ता र समर्थकलार्ई सधैँ दास, गरिब र मगन्ते बनाउने प्रवृत्तिलार्ई बदल्नुस् । सबै कम्युनिष्ट नेतालार्ई एउटै सुझाब छ ः बुद्धि छ भने जित्ने सपना देख्नुस्, हार्ने होइन । हार्ने योजना नबनाउनुस् । नेतृत्व त्यो हो जसले आफ्नो पंक्ति र वर्ग र समूहलार्ई जिताउँछ । आपूmलार्ई मात्र जिताउने त्यो त व्यापारिक चेतना हो ।