स्टालिन : विश्व कम्युनिस्ट आन्दोलनका एक सेनानी

२०८० पुष ८ गते, आईतवार

विश्व कम्युनिस्ट आन्दोलनका एक सेनानी, रुसका महान् नेता जोसेफ स्टालिनको जन्म डिसेम्बर २१, १८७९ मा तिफ्लिस प्रान्तको गोरी नगरमा भएको थियो । उनको पिताको नाम बिसारिओन इवानोविक थियो भने उनकी माता इकातेरिना गेलाज्दे थिइन् । स्टालिनको परिवार सामान्य किसान परिवार थियो । स्टालिनको बालककाल पनि गरिबी र अभावमा नै बितेको थियो । सन् १८८८ को शरदमा स्टालिन गोरीमा पादरी स्कुलमा भर्ना भए र त्यहाँबाट १८९४ मा तिफ्लिसस्थित कट्टरपन्थी अध्यात्मवादी पाठशालामा भर्ना भए । उनको पढाई अत्यन्त राम्रो थियो भने उनको जेहेन्दार मतिष्कमा राजनीतिक चेतना पनि ओतप्रोत भएको पाइन्छ ।

त्यसताका औद्योगिक पुँजीवादको विकास र मजदुर आन्दोलनको वृद्धिसँगसँगै रुसभरी माक्र्सवादको व्यापक प्रचार हुन थालेको थियो । लेनिनद्वारा स्थापना र नेतृत्व गरिएको मजदुर वर्गको मुक्तिका लागि सेन्ट पिटर्सवर्ग सङ्घर्ष लिगले देशभर सामाजिक–जनवादी आन्दोलनको विकासलाई बलियो प्रेरणा दियो । पन्ध्र वर्षको उमेरमा स्टालिन क्रान्तिकारी बन्नुभयो । आफ्नो किशोर उमेरदेखि नै स्टालिनले स्कुले शिक्षाभन्दा माक्र्सवादी शिक्षालाई महत्व दिन थाले । स्टालिनले आफ्नो ज्ञान फराकिलो पार्न कडा मेहनत गरे । उनले पुँजी, कम्युनिस्ट घोषणापत्र र माक्र्स र एङ्गेल्समा अन्य कृतिहरुको अध्ययन गरे । त्यसबेलाका लेनिनका लेखहरुले पनि उनको किशोर मतिष्कलाई गहिरो प्रभाव पा¥यो । स्टालिनको सैद्धान्तिक चाखको क्षेत्र औधी फराकिलो थियो । उनले दर्शन, राजनीतिक अर्थशास्त्र, इतिहास र प्राकृतिक विज्ञानको अध्ययन गरेका थिए । उनले उत्कृष्ट साहित्यिक कृतिहरु व्यापकरुपमा पढ्न थाले र एक शिक्षित माक्र्सवादी बने ।

राजनीतिक चेतनाले ओतप्रोत स्टालिनले राजनीतिक अध्ययनकोसाथै राजनीतिक गतिविधिलाई पनि अगाडि बढाए । स्टालिन अब तिफ्लिस सामाजिक–जनवादी संगठनमा एकजना सबभन्दा सक्रिय प्रमुख सदस्य बनिसक्नु भएको थियो । “१८९८–१९०० मा तिफ्लिस संगठनको नेतृत्वकारी, केन्द्रीय सामाजिक–जनवादी डफ्फाको जन्म र विकास भयो । तिफ्लिसको केन्द्रीय सामाजिक–जनवादी पार्टी संगठनको निम्ति निकै क्रान्तिकारी प्रचार कार्य र संगठननात्मक काम ग¥यो ।” यस डफ्फाका नेता स्टालिन हुनुहुन्थ्यो । यसरी स्टालिन रसियन कम्युनिस्ट आन्दोलनको एक सक्रिय नेताको रुपमा आपूmलाई अगाडि बढाए ।

विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता लेनिनप्रति उनको आगाध आस्था थियो । लेनिनको क्रान्तिकारी प्रतिभामा स्टालिनको अपार विश्वास थियो । उनले लेनिनको बाटोलाई आफ्नै बाटो ठानेर ग्रहण गरे । उक्त बाटोबाट उनी कहिल्यै विचलित भएनन् र लेनिनको निधनपछि स्टालिनले विश्वास र साहसकासाथ लेनिनको कामलाई अगाडि बढाए । माक्र्सवाद–लेनिनवादलाई रुसी भूमिमा लागू गराउन स्टालिनको ठूलो महत्व रहेको छ ।

रूसी अक्टोबर समाजवादी क्रान्तिमा लेनिनसँगै स्टालिनको पनि ठूलो भूमिका छ । लेनिन भूमिगत रहँँदा स्टालिनले आफ्ना गुरु र मित्रसित पत्र–व्यवहारद्वारा घनिष्ट सम्पर्क राखे । लेनिन र स्टालिनले हिम्मत विश्वाससाथ दरो र होशियारीपूर्वक समाजवादी क्रान्तितर्फ, सशस्त्र विद्रोहतर्फ पार्टी र मजदुरवर्गलाई बढाए ।

सोभियत सरकारको स्थापनादेखि १९२३ सम्म स्टालिन जातीय मामिलासम्बन्धी जन–कमिस्सार रहे । जातीय समस्या समधान गर्न पार्टी र सोभियत सरकारद्वारा चालिएका सबै पाइलाहरुमा उहाँले व्यक्तिगतरुपमा निर्देशन दिए । लेनिन र स्टालिनको निर्देशनमा, मजदुर र किसानहरुले जारका उपनिवेशहरुलाई सोभियत गणतन्त्रमा फेर्न थाले ।

लेनिनको मृत्युपछि सिङ्गो रुस र विश्वलाई नै समाजवादीदिशातिर डो¥याउन स्टालिनले ठूलो भूमिका खेल्नु भएको थियो । जीवनभर सर्वहारा वर्गको निम्ति संघर्षरत स्टालिन कम्युनिस्टहरुका लागि आखाँको नानी थिए भने मुठ्ठीभर जारहरुका लागि आखाँको कसिङ्गर बनेका थिए । ठूलो मेहनत र परिश्रम गरेर उनले रुसलाई समाजवादी बाटोमा कुशलतापूर्वक हिँडाए र विश्वलाई सकरात्मक सन्देश दिए ।

सन् १९५३ मार्च ५ मा कमरेड स्टालिनको निधन भयो । उनको मृत्यु पछि जसरी पानी विना भोल्गा हुँदैन, त्यसरी नै स्टालिन विनाको रुस हुँदैन । यो नारा लगाएर दशौं लाख मानिसहरु सडकमा भाव विव्हल भएर शोक व्यक्त गर्न सडकमा उत्रिएका थिए । अमेरीकी पत्रकार अन्ना लुई स्ट्रगंले लेखेको स्टालिन युग नामक पुष्तकमा उक्त कुरा उल्लेख छ । यसको कारण थियो जर्मन साम्राज्यवादलाई स्टालिनको नेतृत्वमा घुडाँ टेकाएर रुसको रक्षा गर्नु । दोस्रो उनले आधारभूत जनताका लागि लागू गरेको समाजवादी कार्यक्रम । यद्यपि, देशको पुँजीपति वर्ग स्टालिनसगँ खुसी थिएन । किन भने पुँजीको राष्ट्रियकरण उनीहरुका लागि समस्या हुन्थ्यो । बोल्सेविक क्रान्तिको ७ वर्ष पछि नै १९२४ मा स्टालिनले देश र पार्टीको जिम्मेवारी सम्हालेका थिए । त्यस बेला समाजवादको विकास गर्नु र देशलाई अन्तर्राष्ट्रिय साम्राज्यवादी आक्रमणबाट जोगाउनु साथै आन्तरीक पुँजीपति र सामन्तहरुको चूनौतीको सामना गर्नु कम चानचुने कुरा थिएन । १६ वटा गणराज्य सहितको रुसमा त्यतिबेला करीब २० करोड जनता थिए । देशको राजधानी पनि कम्युनिष्ट पार्टीले सत्ता जिते पछि सेन्ट पिटेर्सबर्गबाट मस्कोमा सारिएको थियो । त्यही राजधानीको राष्ट्रपति भवनमा स्टालिनको मृत्यु ५ मार्चमा भएको थियो । उनले रुसलाई जर्मनीमाथि बिजय गराएको दिन रुसमा भिक्ट्री परेड मनाईन्छ अझै पनि । उनको कार्यशैलीमाथि दुईथरी प्रश्नहरु तेस्र्याइने गरिएको छ । पहिलो उनी तानाशाही हुन्, रुसका जनतालाई जबरजस्ती युद्धमा मात्र लगाएनन्, आफ्नै पार्टीका केन्द्रीय नेताहरुलाई सुराकीको नाममा सफाया गरे । लालफित्ताशाही सत्ता चलाए । उनी तानाशाही हुन् ।

दोस्रो उनको अदम्य शाहस र क्षमताको हो । बिजुलीको गतिमा आक्रमण गर्ने र दुश्मनको किल्ला क्षण भरमै खरानी पार्ने सैन्य रणनीतिका साथ हिटलरले पोल्याण्डमाथि आक्रमण गरेर शुरु गरेको त्यो साम्राज्यवादी हमलाको प्रतिरोध गर्नु सामान्य थिएन त्यस समयको रुसमा । करोडौ जनतालाई सेनामा बदल्ने, नयाँ प्रतिरोधात्मक र प्रत्याक्रमणको फौजी दृष्टिकोणले नै उनको नेतृत्वमा रुसले जर्मनीलाई पाखा लगायो । त्यति मात्र होइन, त्यस युद्धको पराजय पछि हार स्वीकार गरेका हिटलरले अन्ततः आत्महत्या गर्न पुगे । हिटलरको पराजयको मुख्य कारण भनेको स्टालिन हो । जर्जियाको एउटा सामान्य परिवारमा जुत्ता सिलाउने मोचीको छोराको रुपमा जन्मिएका जोसेफ स्टालिन भविष्यमा रुसको यति शक्तिशाली र विशाल नेता हुन्छन् भनेर शायदैले सोचेका थिए । उनलाई चर्च पठाएको थियो परिवारले तर उनले बाईबल होइन कम्युनिष्ट घोषणा पत्र हातमा बोके र आन्दोलनमा होमिए । यसैको फलस्वरुप उनी लेनिन पछिका शक्तिशाली नेता मात्र भएनन्, विश्वभर सकारात्मक नकारात्मक चर्चाको शिखरमा रहे ।

डिसेम्बर १८ १८७८ मा जन्मिएका स्टालिन ७ वर्षकै उमेरमा दादुराका कारण निकै कमजोर बनेका थिए । तीनै जोसेफ स्टालिन जसले रुसलाई जर्मन साम्राज्यवादबाट जोगाएनन् मात्र विश्वभर कम्युनिष्ट प्रभाव विस्तार गरे । तिनै स्टालिनको ७४ वर्षको उमेरमा भएको मृत्यु निकै दुःखद रहेको देखिन्छ ।

मृत्यु अघिको जन्मोत्सव

१८ डिसेम्बर १९५३ मा स्टालिनले आफ्नो जन्म दिनमा पार्टी दिए । त्यो जन्मोत्सव उनको अन्तिम थियो । त्यसबेला उनले आफ्नो निवास बिलंजनाया डाँचामा थुप्रै मित्रहरुलाई बोलाएका थिए । स्टालिनले त्यस साँझ ग्रामोफोनमा लोकगीत आफैँले छानेर बजाईरहेका थिए । त्याहाँ सहभागीमध्ये निकिता खुस्चेव र अर्का एक जना पार्टीमा त्यति खुसी थिएनन् । किन भने स्टालिनले उनलाई युक्रेनी गोपाक नृत्य गर्न लगाएका थिए, जब कि खुस्चेव नाच्न मन पराउँदैन थिए । स्टालिन आफैँ पनि नाच्न नजान्ने भएकाले अरुलाई नचाउने गर्दथे । अर्को त्यस पार्टीलाई मन नपराउने अरु कोही नभएर उनको आफ्नै छोरी स्वेतलाना अलिलुएवा थिइन् । २६ वर्षको उमेरमा स्वेतलानाको दुई पटकको बैबाहिक सम्बन्ध बिच्छेद भइसकेको थिए । स्वेतलाना कसैले पनि आपूmमाथि आदेश दिएको मन पराउँदैन थिइन, चाहे आफ्नै बाबु किन नहोस् । जब स्टालिनले छोरीसगँ नाच्ने इच्छा जनाए उनले मानिन् र बाबाले उनलाई कपालमा समातेर ल्याए उनको अनुहार रातोपिरो भएको थियो । यद्यपि, स्टालिनले रिसले नभई मायाले छोरीलाई तानेका थिए । निकिता खुस्चेवले आफ्नो आत्मकथा खुस्चेव रिमेम्बर्स मा लेखेका छन्, कि स्टालिनले आफ्नो छोरीलाई स्नेहका साथ नै कपाल समातेर नाच्न लगाए पनि अरुले त्यसलाई रुचाएका थिएनन् ।

जब स्टालिन बिरामी भए, १२ घण्टा सम्म बोलाइएन डाक्टर

फेब्रुअरी २८ का दिन स्टालिनले आफ्नो निवासमा आफ्ना वरिष्ठ सहयोगी जर्जी मेलेनकोव, बेरिया, खुस्चेव र बुल्गारिनलाई एउटा फिल्म हेर्न बोलाए । फिल्म हेर्ने विभिन्न परिकारको खाना र मदिराको पनि व्यवस्था थियो त्यस दिन । पार्टी अध्यक्ष मण्डलका सदस्यले त्यस दिन स्टालिनका बारेमा खासै प्रश्न गरेनन् । बेलुकी शुरु भएको पार्टी भोलिपल्ट बिहान ४ बजेसम्म चल्यो । त्यस पछि अन्य नेताहरु बाटो लागे । त्यस बेलासम्म स्टालिनलाई केही भएको थिएन ।

स्टालिनकी छोरी स्वेतलानाले आफ्नो आत्मकथा “ट्वेन्टी लेटर्स टु अ फ्रेन्ड” मा लेखेकी छन् उनको ( स्टालिन) को अनुहार बदलिएको थियो । ओठ कालो भएको थियो । उनको अनुहार चिन्न नसकिने भएको थियो । अन्तिम क्षणमा उनले आखाँ खोलेर सबैतिर हेरे र आफ्नो हात उठाउने कोसिस गरेका मात्र के थिए उनको प्राण पखेरु गयो । खुस्चेवले आफ्नो आत्मकथामा लेखेका छन् कि हामीले छाडेर हिँड्दा स्टालिन चंगा थिए । त्यस बेलासम्म हामीसँग स्टालिनले मजाक गरिरहेका थिए । घरिघरि मेरो भुँडीमा औलाले घोचेर मलाई जिस्क्याइरहेका थिए ।

यो पार्टी सकिए पछि कुनै पनि अंगरक्षकलाई मैले नबोलाउँदासम्म भित्र नआउनु भनेर निर्देशन दिएर शयन कक्षमा गए । स्टालिनका अंगरक्षक पावेल लोजगाचेवले उनको जीवनकी लेखक एडवर्ड रादजस्कीलाई भनेका थिए कि स्टालिने हामीलाई आपूmले नबोलाउँदासम्म भित्र नआउनु भनेका थिए । स्टालिनका जीवनी लेख्ने अर्को लेखक रोबर्ट सर्विसले लेखेका छन्, एक मार्चको दिन स्टालिनको फ्लायटमा कुनै आवाज आएन, प्रत्यक अंगरक्षकको ड्युटी दुई दुई घण्टामा बदलिन्थ्यो ता कि सैनिकहरुमा आलस्यता नआवस् भनेर ।

बिहान सबेरै उठेर कागति चिया पिउने गर्दथे । उनका एक अंगरक्षक मार्शल एलेक्जेन्डर योगोरोबले त्यस दिन आपूmहरुलाई कुनै चिया ल्याउन आदेश नभए पछि र नबोलाईए पछि हैरान भएको बताउछन् । उनीहरुलाई लागेको थियो कि थर्मसमा चिया राखेको हुनाले उनले नमागेको हुन सक्छ । साझँ साढे ६ बजे पछि डाँचाको लाईट बालियो तर पनि स्टालिन कोठाबाट बाहिर आएनन् । उनले नत खाना मगाए, नत कुनै आदेश दिए । राति १० बजे मस्को सेन्ट्रल कमिटिको गाडीमा स्टालिनका लागि एउटा प्याकेट आयो । त्यस पछि गार्डहरुले सल्लाह गरेर पावेल लोजगाचेव त्यस पकेट लिएर स्टालिनको शयन कक्षमा गए । जब उनी त्याहाँ प्रवेश गरे, त्याहाको दृष्य देखेर अचम्मित भए ।

त्यस बेला स्टालिन विछ्यौनाबाट भुईमा लडेका थिए । उनको हात अलिकति उठेको थियो । उनी पुरै तरीकाले बेहोस् भएका थिएनन् तर बोल्न सकिरहेका थिएनन् । उनले पिशाब फेर्न समेत जान सकेका थिएनन् । नजिकै थियो । प्राभ्दा पत्रिका र मिनरव वाटरको एउटा बोतल । अचम्म के भयो भने यो सबै देखे पछि पनि कसैले डाक्टरलाई बोलाएनन् । अंगरक्षकहरले गृहमन्त्री सरजई ईग्नातिएवलाई फोन सम्पर्क गरे र त्यस पछि ती मन्त्रीले मेलेनकोव र बेरियालाई सम्पर्क गरे । बेरिया त्यस रात बेला महिलासाथीकोमा बास बसेका थिए । बेरियाले स्टालिन बिरामी भएको भनेर कसैलाई केही नभन्न अंगरक्षकहरलाई भने । घण्टौ पछि पनि डाक्टर बोलाईएन बरु स्टालिनलाई उठाएर वालमा अडेसा लगाएर राखिदिए अनि सिरक ओढाए । केहीबेर पछि स्टालिनलाई डायनिगं हलमा राखियो ।

दिमित्री वाल्कोगोनोवले स्टालिनको जीवनी “स्टालिनः ट्रायफ एण्ड ट्रेजिडी” मा लेख्छन् मेलेनकोवले आफ्नो जुत्ता खोलेर हातमा लिए । स्टालिन जोरले घ्यार घ्यार गर्दै थिए । त्यति बेला बेरियाले डाक्टर बोलाउनुको सट्टा गार्डलाई हप्काउँदै भने देखेको छैनस् ? कमरेड स्टालिन सुतिरहेका छन् । तिमीहरु सब बाहिर जाउ ता कि स्टालिन आरामले सुत्न सकोस् । खुस्चेवले लेखेका छन् कि मार्च २ बाट सबै नेताहरु स्टालिनको निवासमा पुग्न थालेका थिए । तब सम्म कुनै पनि डाक्टर बोलाईएको थिएन । छोरी स्वेतलानालाई बिहान १० बजे खबर पुग्यो त्यस बेला उनी फ्रेन्च भाषाको कक्षा लिइरहेकी थिइन् । रोबर्ट सर्विसले लेखेका छन् । स्टालिन विरामी भएको थाहा हुँदाहुँदै पनि डाक्टर नबोलाएर उनको अवस्था झन विग्रन दिएको शंका गर्न सकिन्छ । उनको शरीरमा रक्तचाप बढेको थियो । शायद दम पनि थियो । उनी त्यस अघि पनि पटक पटक बेहोस् भएका थिए । त्यस पछि उनले चुरोट पिउन छाडेका थिए ।

त्यस पछि बोलाईएको डाक्टर पुग्दा स्टालिन बिरामी भएको १२ घण्टा बितेको थियो । स्टालिनको शरीर उनको पिशाबले भिजेको थियो । त्यसै बेला स्टालिनले रगत वान्ता गरे । तब डाक्टरले फोक्सोको एक्सरे गरे । जोनाथन ब्रेट र भ्लादिभीर नाउमोवले आफ्नो पुस्तक स्टालीन्स डाक्टर्स प्लान्टमा लेखेका छन् कि डाक्टरहरुलाई तत्कालै स्टालिनको गंभीर अवस्थाको जानकारी भयो । उनको शरीरको दाहिने हिस्सा कुजो भएको थियो । अपरान्हबाट उनलाई एनीमा दिन शुरु गरियो तर त्यसले काम गर्दैन भन्ने डाक्टरहरुलाई विस्वास थियो । स्टालिन तीन दिन सम्म यसरी नै मुर्छित रहे । त्यस अवधिमा पार्टीका नेताहरु निरन्तर स्टालिनसगै उनको बिछ्यौना छेउछाउ बसिरहे । बेरिया र मेलेन्कोव दिउसो र राति खुस्चेव र बुल्गारीनले स्टालिनलाई रुगेर बस्थे । मार्चमा स्टालिनको अवस्था क्रिटिकल भएको र जे पनि हुन सक्छ भनेर डाक्टरहरुले भने ।

त्यसै बेला जम्मा भएका नेताहरुले बैठक बसे र बेरियाको प्रस्तावमा स्टालिनको स्थानमा मेलेन्कोवले काम गर्ने निर्णय गरे । यद्यपि, स्टालिन त्यस बेला सम्म जिउँदै थिए । अध्यक्ष मण्डलका सबै नेताहरु त्याहाँ पुगे । जतिखेर स्टालिनले अन्तिम सास फेरिरहेका थिए । उनले दिवारतिर अनुहार टसाएर सुतेका थिए । त्यसै बेला अरु कतिपय नेताले सोच्न थालेका थिए शायद कमरेड स्टालिन अब कहिल्यै उठ्न पाउने छैनन्, उनले मृत्युको घडी गनिरहेका छन् । ५ मार्चमा स्टालिनलाई फेरि रगत वान्ता भयो र पेट भित्र रक्तश्राप शुरु भयो ।

मार्चमा उनको शरीरमा लेप लगाएर टम्बमा सुरक्षित राखियो । तर ९ वर्ष पछि सन् १९६१ मा खुस्चेवको आदेशमा पछि उनको लाश टम्बबाट हटाएर जलाईयो । खुस्चेवले लाश मात्र जलाएनन्, स्टालिनको नेतृत्वमा चलेको समाजवादी प्रणाली पनि पुँजीवादी पद्धतितर्फ फर्काउँदै लगे । त्यही खुस्चेवको कार्यनीतिले अन्ततः १९८९ सम्म पुग्दा सोभियत संघ विघटन भयो । जसका लागि अमेरीकाले प्रतिक्षा गरीरहेको थियो ।

त्यस बेला धेरैको आखाँ बेरिया तिर थियो किनकि उनी स्टालिनको हात समाएर बसेका थिए । बेरियाले स्टालिनको सबै भन्दा नजिकको मै हो भन्ने सन्देश दिन खोजिरहेका थिए । त्यस बेला छोरी स्वेतलाना पनि थिईन् । स्टालिनकी छोरी स्वेतलानाले आफ्नो आत्मकथा “ट्वेन्टी लेटर्स टु अ फ्रेन्ड” मा लेखेकी छन् उनको ( स्टालिन ) को अनुहार बदलिएको थियो । ओठ कालो भएको थियो । उनको अनुहार चिन्न नसकिने भएको थियो । अन्तिम क्षणमा उनले आखाँ खोलेर सबैतिर हेरे र आफ्नो हात उठाउने कोशिस गरेका मात्र के थिए उनको प्राण पखेरु गयो । जतिखेर ९ बजेर ५० मिनट गएको थियो । त्यस पछि सबै नेताहरु अंकमाल गरेर रोए, खुस्चेवले छोरी स्वेतलानासगँ अंकमाल गरेर संवेदना प्रकट गरिन् ।

सबैलाई स्टालिनको अन्तिम दर्शन गर्न दिईयो । उनी नमर्दा सम्म रुसमा सबै भन्दा महानतम व्यक्तिका रुपमा स्टालिनलाई सम्मान गरिन्थ्यो । त्यस पछि पार्टीले निर्णय ग¥यो कि स्टालिनको पार्थिव शरीरलाई पनि लेनिनकै जस्तो गरेर राख्ने ।

मृत्युको ९ वर्ष पछि खुस्चेवले जलाउन लगाए स्टालिनको लाश

९ मार्चमा उनको शरीरमा लेप लगाएर टम्बमा सुरक्षित राखियो । तर ९ वर्ष पछि सन् १९६१ मा खुस्चेवको आदेशमा पछि उनको लाश टम्बबाट हटाएर जलाईयो । खुस्चेवले लाश मात्र जलाएनन्, स्टालिनको नेतृत्वमा चलेको समाजवादी प्रणाली पनि पुँजीवादी पद्धतितर्फ फर्काउँदै लगे । त्यही खुस्चेवको कार्यनीतिले अन्ततः १९८९ सम्म पुग्दा सोभियत संघ विघटन भयो । जसका लागि अमेरीकाले प्रतिक्षा गरीरहेको थियो । स्टालिनबारे खुस्चेवले आफ्नो आत्मकथामा गरेको टिप्पणी अनुसार पनि खुस्चेवलाई स्टालिनसगँ रिस थियो भन्ने देखिन्छ । उनले जिस्काएको, चलाएको र नाच्न लगाएको कुराबाट चित्त दुःखेको भनी खुस्चेव रिमेम्बर्समा लेखेका छन् ।

चीनका प्रधानमन्त्री चाउ एन लाई शवयात्रामा सहभागी भए भने प्रतिद्वन्द्वी अमेरीकाका राष्ट्रपति हेनरी ट्रयुमेन र बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिलले शोक सन्देश पठाएका थिए ।

यसरी एक ऐतिहासिक शिखर पुरुषको अन्त्य द्खद रहन पुग्यो । उनले सत्ता चलाउँदा भएको दमनको विरोध हुँदाँ हुँदै पनि उनले देखाएको राष्ट्रवाद र रुसको बिजयको लागि श्रेय दिएर पश्चिमा सञ्चार माध्यमहरले त्यतिखेर लेखेका थिए । चीनका स्वर्गीय अध्यक्ष माओत्सेतुङ्गले स्टालिन ७० प्रतिशत सही र ३० प्रतिशत गलत भएको निष्कर्ष निकालेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु