‘दलाल पुंजिवादले देश र जनताको शोषण गर्यो ‘

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा इलामका इन्चार्ज मौसमले देशमा दलाल पुंजिवादले देश र जनतालाई शोषण गरेको र अशान्ती फैलाएको ठोकुवा गर्दै देशमा शान्ति कायम गर्न संसदीय ब्यवस्थाको अन्त्य गरेर बैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु पर्ने बताएका छन ।नेकपा इलामले आयोजना गरेको लघुबित्त, बैंक र मिटरब्याजिको आतंक बिरुद्ध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। उनले नागरिकहरुको संकटबाट फाइदा उठाउने ठगहरुलाई संरक्षण गर्ने सत्ता र सरकार कसरी जनताको सरकार हुन सक्छ ? भन्ने प्रश्न गर्दै यो सत्ता जनताको सत्ता होइन त्यसैले जनताले सास्ती खेप्नु परिरहेको बताए । उनले ठगहरुलाई नेपाल कम्युनिस्ट पार्टीले ठेगान लगाउने समेत चेतावनी दिएका छन ।
कार्यक्रमको सभापतित्व र संचालन जिल्ला जनपरिसद प्रमुख गोपि सी ले गरेका थिए । चोक बजारमा नाराजाबाजी सहित संचालन भएको प्रदर्सनमा जनताहरुले शान्तीसंग बांच्न देउ, दलाल सत्ता मुर्दावाद, बित्तिय संस्था मुर्दावाद जस्ता नारा लगाएका थिए । प्रदर्शन कार्यक्रममा युवा संगठन नेपालका मेची इन्चार्ज मदम बिद्रोही , ब्युरो सदस्य अबिनाशले पनि बोलेका थिए । कार्यक्रममा नेकपा इलामले जनतालाइ जागरित गर्ने उदेश्यले पर्चा समेत बितरण गरेको थियो ।