सहिद सबैका साझा

२०८० भाद्र २४ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य वसन्त सीले सहिद सबैका साझा सम्पत्ति भएको बताएका छन । गैडहवा सहिद स्मृति पार्क विकास समितिको १३ औं वार्षिक साधारण भेलाको उद्घाटन गर्दै पार्क संरक्षक तथा परिकल्पनाकार वसन्त सीले सो कुरा बताएका छन।
नेता वसन्त सीलेले सहिदहरुको सम्मानमा निर्मित पार्क इतिहासको प्रतिबिम्बन भएकोले त्यसैले यसको रक्षा र विकासमा लाग्नु सबैको दायित्व रहेको बताए । उनले राणा शासनदेखि आजसम्मका हरेक मुक्ति आन्दोलनमा देशभक्तहरुले बलिदान गर्नुपरेको स्मरण गर्दै उनीहरुको बलिदानीलाई भुल्न नहुने बताए ।
नेता वसन्त सीले पार्कको संरक्षण र विकासका लागि स्थानीय सरकार तथा जनसमुदाय समेत लाग्नुपर्नेमा जोड दिए ।
यस्तै उक्त कार्यक्रम विशिष्ट अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र कुर्मीले पार्कको संरक्षणमा सहकार्य गर्दै सक्दो सहयोग गर्ने बताए ।
सुर्य अधिकारीको संचालन हिरा बहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यद्वय हस्त बहादुर सावर र चन्द्र बहादुर घर्ति, वडा नं. ४ वडा सदस्य मोहरत पासी, मायादेवि आमा समुह अध्यक्ष धन कुमारी उचै, पूर्व सामुदायिक वनका यम प्रसाद अधिकारी, मन्ठहवा सामुदायिक वनका उपाध्यक्ष राम हर्क बरई, विक्रम यादव लगायतले आफ्नो धारणा राखेका थिए ।
भेलाले हिरा बहादुर रोका क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय पार्क विकास समिति गठन गरेको छ । जसको उपाध्यक्षहरुमा चन्द्र बहादुर घर्ति, रामबृक्ष जैसवाल, सूर्य प्रसाद अधिकारी, बाबुराम मल्ल, सचिवमा दान बहादुर घर्ति, सह-सचिवमा कृष्ण नारायण कुर्मी, कोषाध्यक्षमा मिना सारु र सदस्यहरुमा पूर्णिमा जि.सी, बैजु हरिजन, जय जय राम लोध, रेश्मी मल्ल, प्रेमशिला गुप्ता रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]