समाजवादी मोर्चा कालिकोटको घोषणा

२०८० आश्विन २३ गते, मंगलवार


काठमाडौँ । समाजवादी मोर्चाको कालिकोट जिल्ला समिति घोषणा भएको छ । नेपाल कम्युनिष्ट पार्टी , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी, र नेपाल समाजवादी पार्टीले संयक्तरुपमा एक कार्यक्रमको आयोजना गरी समाजवादी मोर्चा कालिकोटको घोषणा गरेका हुन । उक्त मोर्चामा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट बलवान सी,रमेश सी,नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाईं ,मनशोभा बुढा,नेकपा एकीकृत समाजवादीको तर्फवाट चित्रसिंह गाँउले, धिर बहादुर बिष्ट र नेपाल समाजवादी पार्टीको तर्फबाट माधब उपाध्यायलगायत रहेका छन ।
उक्त मोर्चा घोषणा सभा कार्यक्रममा नयाँ निर्वाचित सदस्यलाई बधाई दिदै नेकपाका स्थायी समिति सदस्य भरत सीले नेपालमा दलालपूँजीवाद र प्रतिक्रान्तिको मुख्य समस्या भएको भन्दै नेपालमा समाजवाद अनिवार्य भएकाले समाजवादी मोर्चा बनेको वताए । उनले अबको क्रान्तिले नेपालमा नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता तुलराज विष्टले समाजवादी मोर्चा अहिलेको आवश्यकता भएकोे बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका धनजीत शाही,नेपाल समाजवादी पार्टीका माधव उपाध्याय लगायतका नेताहरुले समेत बोलेका थिए ।
घोषणा कार्यक्रम नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मिप्रसाद चौलागाईको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]