जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ नवलपुरलाई ज्ञापनपत्र

काठमाडौं । जनपत्रकार संगठन नेपाल नवलपुरले नेपाल पत्रकार महासंघ नवलपुर शाखामा ज्ञापनपत्र बुझाएको छ । सो संगठनका अध्यक्ष विरेन्द्र पराजुलीको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ नवलपुर शाखालाई ६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।जनपत्रकार संगठन नेपाल नवलपुरका अध्यक्ष भानु चापागाईंद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पत्रकारहरुको न्यूनतम पारिश्रमिक पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न पहल गरिनुपर्ने , नेपाल सरकारद्वारा बिमांक रकम हाल्ने गरि श्रमजीवी पत्रकारहरुको ५ लाख बराबरको निशुल्क स्वास्थ्य बिमा गर्न सम्बन्धित ठाउँमा पहल गरिनुपर्ने , महासंघका सदस्यहरुको सुद्दिकरण गर्दै सबै पत्रकार संगठन र पत्रकारहरुको महासंघमा सहभागिता सुनिश्चित गरिनुपर्ने , नेपाल पत्रकार महासंघले परिचालन गर्ने आर्थिक कारोबार पारदर्शी गरिनुपर्ने , केन्द्र प्रदेश र स्थानीय तहबाट प्राप्त हुने विज्ञापनहरु महासंघ मार्फत समानुपातिक प्रणालीबाट सबै मिडियाहरुले पाउने वातावरण सिर्जना गरिनुपर्ने , पत्रकारहरुको क्षमता वृद्धि र विकासका लागि महासंघद्वारा तालिम तथा प्रशिक्षणको व्यवस्था गरिनुपर्ने लगाएतका मागहरु ज्ञापनपत्रमा राखिएका छन् ।ज्ञापनपत्र बुझ्दै महासंघका नवलपर शाखा अध्यक्ष पराजुलीले जनपत्रकार संगठन नेपालले उठाएका सम्पूर्ण विषयहरु जायज र सान्दर्भिक रहेको तथा संगठनका मागहरु पुरा गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।