एकैदिन २२८२ जना सवारी चालकमाथि कारवाही

२०७९ श्रावण ८ गते, आईतवार


काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २८२ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने ६२ जना, रेड लाइटमा सवारी साधन चलाउने ८५ जना रहेका छन् ।
यस्तै, नम्बर प्लेट नदेखिने गरी राख्ने ३८ जनालाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारवाहीमा पर्ने २ हजार ९ जना सवारी चालक रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

धर्मपथ महोत्सव जारी

२०८२ जेष्ठ ३२ गते, शनिबार

आज भारी वर्षाको सम्भावना !

२०८२ जेष्ठ ३२ गते, शनिबार

जीप दुर्घटना : चारजनाको मृत्यु

२०८२ जेष्ठ ३२ गते, शनिबार