कम्युनिस्ट नेता सौगात र सुरेन्द्र नेकपामा समाहित

काठमाडौं । नेपालको क्रान्तिकारी आन्दोलनमा बिगत लामो समय देखी भुमिका निर्वाह गर्दै आएका कम्युनिस्ट नेता सौगात आचार्य र सुरेन्द्र मिश्र नेपाल कम्युनिस्ट पार्टिमा ध्रुबिकृत भएका छन । झापामा कृषि उत्पादनको काम गरिरहेका सौगात मिश्र नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो ईन्चार्ज सुमनसिंह सी र झापाका नेताहरु संगको छलफल पछि नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत भएका हुन । प्रतिबन्धको एउटा समयसम्म नेकपा जिल्ला तहको नेतृत्व गरिसकेका सौगात परिस्थितिमा आएको फेरबदल संगै तात्कालिन डबल नेकपामा गएका थिए र सो पार्टीको प्रदेश सदस्य बनेका थिए ।
ध्रुबिकरणको क्रममा उनले अनुभूति र प्रतिबद्धा मन्तव्यको क्रममा भने- परिस्थिती चुप लागेर बस्ने भएन, त्यसैले ढिला नगरी नेकपामा ध्रुबिकृत हुन आए । मेरो कुनै शर्त छैन, देश संकटमा छ- यहि पार्टीले मात्रै यो देश जोगाउन सक्ने ठानेर योगदान गर्न तयार भएर आएको हु। मैले सकेको योगदान आन्दोलनमा गर्नेछु ।
त्यस्तै अर्का युवा नेता सुरेन्द्र मिश्रले एकीकृत जनक्रान्तिले मात्रै जनतालाई आफ्नो सत्ता दिने भएकाले सबै गोलबद्ध हुने समय आएको बताए । आफ्नो ध्रुबिकरण त्यही प्रकृया भएको उनको भनाई थियो।