नेकपा कास्कीद्वारा २८ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदनप्रदान

२०७९ फाल्गुन २ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कास्कीले २८ औं जनयुद्ध दिवसलाई ऐतिहािसक उत्सवको रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ । सो पार्टीको आयोजनामा पोखरा १४ स्थित नमुना बस्तीमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पार्टी राजनीतिक ब्युरो सदस्य तथा पश्चिम गण्डक इन्चार्ज राजन, अतिथि जिल्ला इन्चार्ज उभार लगायतले सहभागीहरुलाई अबिर लगाएर चकलेट वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमरेड राजनले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न नयाँ राजनीतिक क्रान्तिको तयारी भइरहेको बताए ।
सामुहिक भोजसहित सम्पन्न भएको कार्यक्रममा बस्तीका युवाहरुलाई जिल्ला पार्टीले खेलकुद सामग्री पनि वितरण गरेको छ । कार्यक्रममा उपस्थित अतिथि र सहभागीहरु सबैले सामुहिक नृत्य गरेका थिए । कार्यक्रम केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी काजी सी को अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला सचिवालय सदस्य कुमार सी ले सञ्चालन र जनसत्ता प्रमुख परिवर्तन सी ले स्वागत गरेका थिए । कार्यक्रममा केन्द्रीय प्रतिनिधि सदस्य किसानसिंह सी, सागर सी, रास्ट्रीय वामपन्थी मञ्चका केन्द्रीय सदस्य पुस्प सी र जगत सी को विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]