ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख बढी सवारी साधन काराबाहीमा

२०७९ चैत्र ७ गते, मंगलवार

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार ३ सय ७५ सवारी साधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा उक्त सवारी साधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबै भन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार ४ सय ७२ सवारी साधन कारबाहीमा परेका छन् ।
त्यस्तै, बढी भाडा लिने २ हजार १ सय ९० सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार ३ सय ४०, हद भन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार ५ सय ९ र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ३७ हजार ८ सय ९६ सवारी कारबाहीमा परेका छन् ।
पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको कार्यालयले जनाएकाे छ । हाल काठमाडौं उपत्यकाभित्र २० लाख हाराहारीमा सवारीसाधन आवतजावत हुँदै आएको जनाइएको छ । ति सवारी साधन व्यवस्थापनका लागि काठमाडौं उपत्यका ट्राफिक कार्यालयबाट १ हजार ७ सय जना ट्राफिक प्रहरी परिचालन गरिएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु