तिनाउ नदीमा जलसतह खतराको विन्दुभन्दा माथि

२०८० असार १९ गते, मंगलवार


काठमाडौं । तिनाउ नदीमा आएको बाढीले खतराको जल सतह पार गरेपछि नदी आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन भनिएको छ । सोमबार रातीदेखि पाल्पा, रुपन्देहीलगायत जिल्लामा निरन्तर वर्षा भएकाले नदीमा जलसतह उच्च भएपछि रुपन्देही जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाका सबै स्थानीय तहलाई सतर्कता अपनाउन निर्देशन दिएको हो । मंगलबार बिहान ४ बजे नदीमा जल सतह खतराको विन्दुभन्दा माथि पुगेको थियो । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७ दशमलव २२ मिटर पुगेको छ । सो नदीमा ५ दशमलव ६ मिटर जल सतहलाई खतराको विन्दु मानिएको छ । पानी पर्ने क्रम जारी रहेकाले दिउँसोसम्म सतर्क रहन भनिएको हो ।
जिल्लास्थित तीन वटै सुरक्षा निकायलाई पनि तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]