बस दुर्घटना : १९ जना घाइते

काठमाडौँ । झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्री बस शुक्रबार बिहान चितवनको दासढुंगामा दुर्घटना भएको छ ।
दुर्घटनामा परी १९ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि भरतपुरका अस्पतालहरुमा पुर्याइएको पनि प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर रुखमा अड्किएको छ । रुखले अड्काएकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पुरानो मेडिकल कलेजमा १० जना र भरतपुर सरकारी अस्पतालमा आठ जनाको उपचार भईरहेको र एक जना उपचारका लागि आफैं काठमाडौं गएको प्रहरीले जनाएको छ ।