अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइदै

२०८० पुष २ गते, सोमबार


काठमाडौँ । आज १८ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ । संयुक्त राष्ट्रसंघले १८ डिसेम्बर १९९० मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । राष्ट्रसंघले सोही दिनलाई स्मरण गर्दै सन् २००० देखि प्रत्येक वर्ष १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा मनाउँदै आएको छ । राष्ट्रसंघले महासन्धि पारित गरेको साढे तीन दशक बित्न लाग्दा पनि श्रमिकको आधारभूत श्रम अधिकार भने अझै सुनिश्चित हुन सकेको छैन । आप्रवासी दिवसका अवसरमा सोमबार ललितपुरमा भएको कार्यक्रममा वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् । वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटो विषयक सडक बहसमा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारीमा गएकाहरुलाई मताधिकार दिएमात्रै राजनीतिक पार्टीहरुले उनीहरुका मुद्दा सुन्ने बताए । उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्स सही ठाउँमा प्रयोग हुन नसकेको बताए ।
यस्तै कार्यक्रममा रोजगार व्यवसायी राजेन्द्र भण्डारीले श्रमिकलाई सीपयुक्त बनाएर पठाउनुपर्नेमा जोड दिए । व्यवसायीहरुले उच्च संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दुतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्ने र श्रमिकको सुरक्षित आप्रवासनका लागि जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१०८ जना फरार प्रतिवादी कारागार चलान

२०८१ मंसिर २७ गते, बिहीबार

काठमाडौं उपत्यकामा चिसो बढ्यो

२०८१ मंसिर २७ गते, बिहीबार

जिप दुर्घटना : ५ जनाको मृत्यु

२०८१ मंसिर २७ गते, बिहीबार