होटल स्क्वायरका सञ्चालक अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

२०८० माघ ५ गते, शुक्रबार


काठमाडौँ । ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक तथा प्रबन्ध निर्देशक रोमी अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । गत भदौमा उक्त होटलको स्विमिङ पुलमा स्विमिङ गर्दा करेन्ट लागेर ललितपुरका साजिलमान शाक्य गम्भीर घाइते भएका थिए। त्यसयता उनी कोमामा रहेका छन्। हालसम्म कोमामा रहेका शाक्यका परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।
पीडित परिवारले जाहेरी दिएपछि होटल सञ्चालक रोमी अर्याललाई पक्राउ गर्न ललितपुर प्रहरीले अदालतसँग अनुमति मागेको थियो । प्रहरीले पेस गरेको प्रमाणका आधारमा अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको ललितपुर प्रहरी परिसरले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार