प्रहरी जवानद्वारा संसद् भवनमा आत्महत्या

काठमाडौँ । संघीय संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले संसद् भवनमा आत्महत्या गरेका छन् । प्रहरीको कार्यदलबाट खटिएका दोलखा मेलुङ गाउँपालिका–४ घर प्रहरी जवान २२ वर्षीय अजित गोलेले आज बिहान आफैँमाथि गोली हानी आत्महत्या गरेका हुन् ।
गोलेले बुधबार बिहान संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा आफूले बोकेको ईन्सास राईफलबाट निधारमा गोली हानेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोलेको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।