डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध

२०८१ श्रावण १३ गते, आईतवार


काठमाडौँ । डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाले गर्दा विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । तनहुँतर्फ बेंसीशहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खरखरे भीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेको छ भने यस सडकका विभिन्न स्थानहरुमा समेत पहिरो खस्ने क्रम जारी छ । सडक अवरुद्ध हुँदा यो सडक हुँदै आवातजावत गर्ने यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

लागूऔषधसहित २० जना पक्राउ

२०८१ चैत्र ३ गते, आईतवार

‘भिटौला’ पर्व सुरु

२०८१ चैत्र २ गते, शनिबार