आज अन्तर्राष्ट्रिय खुशी दिवस
काठमाडौँ । आज मार्च २० अर्थात अन्तर्राष्ट्रिय खुशी दिवस । संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिन्छ। यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुुरु गरिएको हो। सन् २०११ मा संयुक्त राष्ट्रसंघको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो। यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएपछि त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइने गरिएको छ।
