खैरो हेरोइनसहित तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको सुन्धारास्थित एक होटलबाट लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनकी ४० वर्षीया सपना गुप्ता, पोखराका २२ वर्षीय जोसिन बानियाँ र तनहुँका ज्योतिश्याम श्रेष्ठ रहेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई आइतबार बिहान पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दएकाे छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले खैरो हेरोइन ८० ग्राम, डिजिटल तराजु, दुई लाख ९४ हजार रुपैँयासमेत बरामद गरेको छ ।
