त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

२०८२ असार २२ गते, आईतवार

काठमाडौँ । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ। रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरकाे बनाउन र रातमा खेल सञ्चालन गराउने गरी गत फागुनदेखि काम सुरु भएको हो। यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ। निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन्।
प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुई गरी आठ खण्डमा विभाजन गरिएको छ। प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन्। – रासस

प्रतिक्रियाहरु

[anycomment]