अक्टोबरमा ८८ हजार ५८२ पर्यटक भित्रिए

काठमाडौं । नेपाल पर्यटन बोर्डले पछिल्लो १० महिनामा नेपालमा झण्डै ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएको छ । बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल आए । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए । यससँगै जनवरीदेखि अक्टोबरसम्म कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको तथ्यांकमा देखिएको छ । अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिए । भारतबाट १६ हजार ९१० पर्यटक आएका छन् । अमेरिकाबाट यस महिनामा ११ हजार ८५९ जना पर्यटक नेपाल आएका छन् । बेलायतबाट ७ हजार ११७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४ हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, बंगलादेशबाट २ हजार ७२० जना पर्यटक अक्टोवर महिनामा नेपाल आएको बोर्डले जनाएको छ ।
कुन महिनामा कति पर्यटक ?
जनवरी : १६,९७५
फेब्रुअरी : १९,७६६
मार्च : ४२,००६
अप्रिल : ६१,५८९
मे : ५३,६०८
जुन : ४६,९५७
जुलाई : ४४,४६२
अगष्ट : ४१,३०४
सेप्टेम्बर : ५८,३१४
अक्टोबर : ८८,५८२