पाटे बाघ मृत भेटियाे

२०७९ कार्तिक २६ गते, शनिबार


काठमाडौ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए । बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु