चिलीमा लागेको डढेलो नियन्त्रण बाहिर

२०८० माघ २३ गते, मंगलवार


काठमाडौँ । लेटिन अमेरिकी मुलुक चिलीमा लागेको डढेलो नियन्त्रणमा नआएपछि चिलीका राष्ट्रपति गे्रबियल बोरिकले चिलीका जनतालाई आफनो ज्यानको रक्षा आफै गर्न अपील गरेका छन । जंगल वरिपरिका बासिन्दालाई जोखिम बढेको भन्दै घर खाली गर्न जारी गरेको आग्रहलाई अस्वीकार गरेका कारण जंगल वरिपरिका हजाारौ जनता जोखिममा परेको भन्दै आफ्नो ज्यानको सुरक्षा आफै गर्न अपील गरेका हुन् ।
केही दिनदेखि चिलीको जंगलमा लागेको डढेलोका कारण हालसम्म १ सय २० जनाको मृत्यु भइसकेको छ । डढेलोमा सयौं बेपत्ता छन् ।
चिलीको भलपराइसो प्रान्तमा विगत केही दिनदेखि पैmलिएको डढेलो नियन्त्रणका लागि प्रयास जारी र्रािखएको छ भने राष्ट्रपति बोरिकले देशभर आपतकालीन अवस्था घोषणा गर्दै उद्धार र राहत कार्यमा सबै आवश्यक स्रोतहरू उपलब्ध गराएको जानकारी दिए ।
डढेलो नियन्त्रणमा हेलिकप्टरका साथै अन्य उपकरणहरु प्रयोगमा ल्याइएको छ भने उद्धारका लागि सयौको संख्यामा उद्धार टोली परिचालन गरिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]