इजरायलद्वारा गाजामा मिसाइल हमला :३९ जनाको मृत्यु

काठमाडौँ । इजरायलले पेलेस्टाइनको गाजामा पुन मिसाइल आक्रमण गरेको छ। उक्त आक्रमणवाट ३९ जनाको मृत्यु भएको छ । गाजामा संयुक्त राष्ट्र संघले सञ्चालन गर्दै आएको विद्यालयमा मिसाइल प्रहार हँुदा १७ जनाको मृत्यु भएको हो भने ८० जना घाइते भएका छन् ।
सयौं विस्थापित गाजाका मानिसहरूले आश्रय लिएर बसेको उक्त विद्यालय मिसाइल आक्रमणका कारण ध्वस्त भएको छ ।
यसैगरी गाजाको उत्तरी र दक्षिणी रफाह शहरमा भएको आक्रमणमा २२ जनाको मृत्यु भएको छ । इजरायली सेनाले गाजाका शरणार्थी शिविरहरुलाई निशाना बनाई आक्रमण गर्दै आएको छ । मारिनेमा अधिकाशं बालबालिका रहेका छन् । हमास र इजरायल बीचको युद्धका कारण बिस्थापितहरु शरण लिई बसेको स्थलहरु निशानामा पर्दा युद्ध प्रभावितहरु थप मारमा परेका छन् । इजरायलको पछिल्लो आक्रमणको चौतर्फी विरोध भइरहँदा पनि इजरायलले आक्रमण भने रोकेको छैन । -एजेन्सी