अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा शपथ ग्रहण

२०८१ माघ ८ गते, मंगलवार


काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा शपथ लिएका छन । अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा सोमबार राती शपथ लिएक हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ गरेका थिए। । शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनित गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीरुको उपस्थिति थियो ।
रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएका थिए । शपथ समारोहपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको स्वर्ण युग शुरु भएको घोषणा गरेका छन ।

राष्ट्रपति ट्रम्पले अमेरिका अब समृद्ध र सम्मानित हुने भन्दै अमेरिकालाई सँधै प्राथमिकता दिने उद्घोष गरे । उनले न्याय विभागको अनुचित र भेदभावपूर्ण प्रयोगको अन्त्य गरिने जानकारी समेत दिए । यस क्रममा ट्रम्पले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा समेत गरे । उनले अवैध प्रवेशलाई तुरुन्तै रोकिने र सरकारले लाखौँ अपराधी आप्रवासीलाई आफ्नो देशमा फिर्ता गर्ने प्रक्रिया शुरु गर्ने बताए । ट्रम्पको यो घोषणासँगै अमेरिकामा अवैध रुपमा प्रवेश गर्ने आप्रावासीहरुलाई धक्का लागेको छ ।

प्रतिक्रियाहरु

[anycomment]