नेप्से २१.६७ अंकले गिरावट

२०८० माघ १७ गते, बुधबार

काठमाडौँ । नेप्से परिसूचक २१.६७ अंक घटेर २०९७.९३ विन्दुमा झरेको छ । ३१३ धितोपत्र एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ । बुधबार उत्पादन तथा प्रशोधन समूह बाहेक सबैै उपसमूह घटेका छन् । होटल तथा टुरिजम २ प्रतिशतले घट्दा विकास बैंक,वित्त,जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा,व्यापार लगायतको १ प्रतिशतले घटेकोछ । नेप्सेसँगै कारोबार रकम पनि सामान्य अंकले घटेको छ ।
आज ३ सय १३ कम्पनीको १ करोड ४७ लाख कित्ता शेयरको ५ अर्ब २९ करोड रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । बुधबार सामलिङ् पावर कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले वेद्धि भएको छ भने मेन्छियाम हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेड र अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।
आज कारोबार रकमको आधारमा भने हिमालयन रिइन्सुरेन्स लिमिटेड ६३ करोड माथिको सर्वाधिक कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

११ महिनामा सवा दुई खर्ब ऋण !

२०८२ असार ५ गते, बिहीबार

नेप्से १.०७ अंकले घट्यो

२०८२ असार ४ गते, बुधबार

नेप्से ३.९० अङ्कले घट्यो

२०८२ असार ३ गते, मंगलवार