समाज

भोटेकोशी बाढी पीडितलाई अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संघसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ।प्राधिकरणले आज एक सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डबमोजिम अस्थायी आवास निर्माणका लागि इच्छुक संस्थाहरूलाई पेस गर्न अनुरोध […]

२०८३ आश्विन २१ गते, बुधबार

घटस्थापनादेखि नारायणगढ-काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी रोक

काठमाडौँ । यातायात व्यवस्था विभागले नारायणगढ-काठमाडौं सडकखण्डमा दसैं घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । दसैंमा यात्रुवाहक सवारीको अत्यधिक चाप रहन्छ ।निर्णय अनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ-काठमाडौं रुटमा ठूला सवारी चलाउन पाइने छैन । तर, खाद्य सामग्री, […]

२०८३ आश्विन २१ गते, बुधबार

बागमतीसहित ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जनाएको छ। केही ठाउँमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ । महाशाखाले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।महाशाखाका […]

२०८३ आश्विन २१ गते, बुधबार

दशैंको अग्रिम टिकट बुकिङ असोज २३ देखि

काठमाडौँ । यातायात व्यवस्था विभागमा मङ्गलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र विभागका पदाधिकारीहरूबीच बसेको संयुक्त बैठकले असोज २३ गतेदेखि बुकिङ खुला गर्ने निर्णय गरेको छ । बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला र विभागका महानिर्देशक राजीव पोखरेल लगायतको उपस्थिति रहेको थियो।बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक पोखरेलले दशैंका बेला यात्रुहरूको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित […]

२०८३ आश्विन २० गते, मंगलवार

चट्याङ लागेर ७ जना घाइते

काठमाडौँ । कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया […]

२०८३ आश्विन २० गते, मंगलवार

आज पहाडी भेगमा वर्षा र तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र मनसुनी वायुको संयुक्त आंशिक प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ भने कोशी, मधेश, बागमती र बाँकी भूभागमा मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव परेको छ।मौसम पूर्वानुमान महाशाखाका […]

२०८३ आश्विन १९ गते, सोमबार

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरयो

काठमाडौँ । जल तथा माैसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुदूरपश्चि, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशबाट बाहिरिएको जनाएको छ । महाशाखाले मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएकाले अरू प्रदेशबाट पनि अब मनसुन विस्तारै बाहिरिने जनाएको हो ।आज कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती […]

२०८३ आश्विन १८ गते, आईतवार

बस दुर्घटना: ६ जनाको मृत्यु, १० घाइते

काठमाडौँ । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। बस अनियन्त्रित भई सडकबाट नालामा पल्टिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा बसमा चालकसहित जम्मा १८ जना यात्रु सवार […]

२०८३ आश्विन १७ गते, शनिबार

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा […]

२०८३ आश्विन १७ गते, शनिबार

प्रहरीद्वारा दसैँ र तिहारको सुरक्षा योजना सार्वजनिक

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले दसैँ र तिहारको सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक सुरक्षा योजनाअनुसार काठमाडौं जिल्लामा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिनेछ ।भद्रकालीस्थित परिसरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापाले सादा पोशाक र बर्दीमा सुरक्षाकर्मी परिचालन गर्ने गरी योजना लागू गरिएको बताए । उनले भने- ‘चाडपर्व अवधिभर […]

२०८३ आश्विन १६ गते, शुक्रबार