‘सञ्चार क्षेत्र वालेन सरकारको नियन्त्रण, षड्यन्त्र र हस्तक्षेपको मारमा’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले सञ्चार क्षेत्र वालेन सरकारको नियन्त्रण, षड्यन्त्र र हस्तक्षेपको मारमा परेको ठोकुवा गरेका छन् । क्षेप्यास्त्र साप्ताहिकलाई २० औँ बर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिंदै उनले सो ठोकुवा गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले २०८२ भदौ २३ र २४ पछि र वालेन्द्र साह नेतृत्वको सरकार बने यता देश फेरी दोस्रो संकटमा प्रवेश गरेको उल्लेख गर्दै सरकार गठन भएको ६ महिना पुग्दा नपुग्दै सरकारको चिन्तन, प्रवृति र शैलीले राष्ट्रघात, जनअधिकार माथी निरंकुशता र जनजीविका माथी चरम खेलवाड एवं वेवास्था अकल्पनीय र आश्चर्यजनक ढंगले वृद्धि भएको ठोकुवा गरे । उनले भने – ‘राज्यको चौथो अंग सञ्चार क्षेत्र वालेन सरकारको नियन्त्रण, षड्यन्त्र र हस्तक्षेपको मारमा परेको छ । सरकारले सञ्चार माध्यम माथी राज्य आतंक सृजना गरेको छ । देशका सञ्चार माध्यमहरु मरणासन्न अवस्थामा पुर्याईएका छन भने सञ्चारकर्मीहरु हतोत्साहित र चिन्तित भएका छन । यो समग्र अवस्थाले देशको दोस्रो संकटपुर्ण अवस्थाको पुष्टि गर्दछ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नेपाली जनताले वर्तमान सृजित दोस्रो संकटको समाधान आफ्नो समाजवादी व्यवस्था र नयाँ नेतृत्वबाट खोजीरहेको बताए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले क्षेप्यास्त्र साप्ताहिकलाई २० औँ बर्ष प्रवेश गरेको अवसरमा दिएको शुभकामना यस प्रकार रहेको छ – ‘नेपाल राष्ट्र र नेपाली श्रमजीवी जनताको संचार माध्यमको सच्चा चरित्र बोकेको क्रान्तिकारी, देशभक्त र प्रगतिशिल साप्ताहिक पत्रिका क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक २०८३ कार्तिक ८ गते आईतबारको पहिलो अंकबाट आफ्नो ऐतिहासिक, महान, गौरवपुर्ण र कडा संघर्षमय १९ औँ वर्ष पुरागरी २० औँ वर्षमा प्रवेशको सुखद खवर सम्पादक तथा वरिष्ठ राष्ट्रिय जनपत्रकार राजेन्द्र प्रसाद चिमौरियाबाट प्राप्त हुँदा मलाई अभुतपुर्व खुसि र औधि हर्षित तुल्याएको छ । यस विशेष अवसरमा सम्पादक र क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिकलाई बधाई सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२०८२ भदौ २३ र २४ पछि र वालेन्द्र साह नेतृत्वको सरकार बने यता देश फेरी दोस्रो संकटमा प्रवेश गरेको छ । सरकार गठन भएको ६ महिना पुग्दा नपुग्दै सरकारको चिन्तन, प्रवृति र शैलीले राष्ट्रघात, जनअधिकार माथी निरंकुशता र जनजीविका माथी चरम खेलवाड एवं वेवास्था अकल्पनीय र आश्चर्यजनक ढंगले वृद्धि भएको छ । राज्यको चौथो अंग संचार क्षेत्र वालेन सरकारको नियन्त्रण, षड्यन्त्र र हस्तक्षेपको मारमा परेको छ । सरकारले संचार माध्यम माथी राज्य आतंक सृजना गरेको छ । देशका संचार माध्यमहरु मरणासन्न अवस्थामा पुर्याईएका छन भने संचारकर्मीहरु हतोत्साहित र चिन्तित भएका छन । यो समग्र अवस्थाले देशको दोस्रो संकटपुर्ण अवस्थाको पुष्टि गर्दछ ।
नेपाली जनताले वर्तमान सृजित दोस्रो संकटको समाधान आफ्नो समाजवादी व्यवस्था र नयाँ नेतृत्वबाट खोजीरहेको छ । यो स्थितिमा क्षेप्यास्त्र जस्तो राष्ट्र एवं जनहितको पहरेदार संचार माध्यमले राष्ट्र, जनता र संचार क्षेत्रका विकराल समस्याको सधैका निम्ति समाधान गर्न आगामी आधी र हुरीमय अवस्थामा पनि साहस एवं विवेकका साथ अगाडी बढीरहने विश्वास व्यक्त गर्दछु । अन्तमा पत्रिकाको आगामी छलाङमय विकासको अपेक्षा पनि गर्दछु ।’

