सुनको मूल्य आज पनि घट्यो
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो । तिहारयता सुनको मूल्य १५ हजार २ सय रुपैयाँ घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा ८० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६०० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार ५२० रुपैयाँमा झरेको छ ।
