स्वास्थ्य / शिक्षा

शिक्षकलाई सवारी किन्न सरकारले सघाउने !

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षकलाई सवारी किन्न सघाउने तयारी गरेको छ। मन्त्रालयले शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु. ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु. ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।त्यस्तै, माध्यमिक […]

२०८३ आश्विन २३ गते, शुक्रबार

पशु वधशाला र मासु जाँच नियमावलीको मस्यौदा सार्वजनिक

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो ।सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस […]

२०८३ आश्विन २१ गते, बुधबार

नेपालमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या उल्लेख्य वृद्धि

काठमाडौँ । शिक्षा मन्त्रालयका अनुसार नेपालमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार आव २०८०।८१ मा ६ लाख ७२ हजार ४८९ रहेको उच्च शिक्षा अध्ययनरत विद्यार्थी आव २०८१।८२ मा ११.४३ प्रतिशतले बढी ७ लाख ४९ हजार ३९२ पुगेको उल्लेख छ।मन्त्रालयका अनुसार आव २०८२।८३ को आर्थिक […]

२०८३ आश्विन २० गते, मंगलवार

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। बोर्डको हालै सम्पन्न बैठकले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रविधिमैत्री र प्रभावकारी बनाउनेलगायत स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल सुधारसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको हो।बैठकले आगामी पुष १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका […]

२०८३ आश्विन १९ गते, सोमबार

पाठ्यक्रम परिवर्तन तत्कालका लागि स्थगित

काठमाडौँ । आगामी नयाँ शैक्षिक सत्र (२०८४) मा हुने भनिएको पाठ्यक्रम परिवर्तन तत्कालका लागि स्थगित भएको छ । सरकारले पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरे पनि समयमै पाठ्यपुस्तकको परिमार्जित प्रिन्टरप्लेट रेडी कपी (पिआरसी) उपलब्ध गराउन नसके पछि पाठ्यक्रम परिवर्तन तत्कालका लागि स्थगित भएको हो ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता कुँवरले पाठ्यपुस्तकको परिमार्जित प्रिन्टरप्लेट रेडी कपी […]

२०८३ आश्विन १८ गते, आईतवार

कक्षा ११–१२ मा स्वीकृत दरबन्दी र उपलब्ध शिक्षक सङ्ख्या अत्यन्तै न्यून !

काठमाडौँ । देशभरका माध्यमिक तहअन्तर्गत कक्षा ११–१२ मा स्वीकृत दरबन्दी र उपलब्ध शिक्षक सङ्ख्या अत्यन्तै न्यून रहेको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक शिक्षा तथा खेलकुद मन्त्रालयको ‘वार्षिक प्रगति प्रतिवेदन २०८२/०८३’ ले अन्य तहको तुलनामा कक्षा ११–१२ मा स्वीकृत दरबन्दी र उपलब्ध शिक्षक सङ्ख्या अत्यन्तै न्यून रहेको तथ्य उजागर गरेको हो ।प्रतिवेदन अनुसार सामुदायिक विद्यालयको […]

२०८३ आश्विन १८ गते, आईतवार

त्रिबिद्वारा अध्ययन बिदा सकेका शिक्षक तथा कर्मचारीलाई सम्पर्कमा आउन ताकेता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको सम्पर्कमा नआएका शिक्षक तथा कर्मचारीलाई पुस मसान्तभित्र सम्पर्कमा आउन ताकेता गरेको छ । त्रिवि रजिष्ट्रारको कार्यालयले अध्ययन बिदापछि नियमानुसार विश्वविद्यालयमा कार्य गर्नुपर्ने भए पनि हालसम्म सम्पर्कमा नआएका शिक्षक तथा कर्मचारीलाई २०८३ पुस मसान्तभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।सम्बन्धित शिक्षक तथा कर्मचारीले त्रिवि रजिष्ट्रारको कार्यालय, कीर्तिपुरको […]

२०८३ आश्विन १८ गते, आईतवार

अस्थायी शिक्षक–कर्मचारीलाई प्रोत्साहन भत्ता तत्काल उपलब्ध गराउन माग

काठमाडौँ । नेपाल राहत शिक्षक राष्ट्रिय समिति र नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई समेत प्रोत्साहन भत्ता तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। ति संगठनले २०८३/८४ को बजेटमा सबै प्रकृतिका शिक्षक तथा कर्मचारीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको विषयलाई स्वागत गर्दै कार्यान्वयनमा देखिएको अन्यौलताप्रति आपत्ति जनाएका हुन्।संयुक्त विज्ञप्ति जारी […]

२०८३ आश्विन १६ गते, शुक्रबार

त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक असोज २२ गते बस्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक असोज २२ गते बस्ने भएको छ । त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले त्रिविको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्न असोज २२ गते बैठक बस्न लागेको जानकारी दिए ।२०८३ असारभित्रै बसिसक्नुपर्ने त्रिवि सभा बैठक अहिलेसम्म बस्न सकेको थिएन । यसले गर्दा सभाबाट पारित हुनुपर्ने नीति तथा कार्यक्रम र वार्षिक […]

२०८३ आश्विन १५ गते, बिहीबार

छात्रालाई आत्मरक्षा तालिम !

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका छात्रालाई हिंसा पहिचान गर्न र सम्भावित आक्रमणबाट आफूलाई जोगाउन सक्षम बनाउने उद्देश्यले आत्मरक्षा तालिम सञ्चालन गर्ने भएको छ। महानगरपालिकाको परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्व निकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञान रश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा तालिम सञ्चालन हुनेछ। पहिलो चरणमा […]

२०८३ आश्विन १३ गते, मंगलवार