स्वास्थ्य / शिक्षा

विद्यालय कर्मचारी कालोपट्टी बाँधेर काम गर्दै

काठमाडौँ । नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषद्‌ले चरणबद्ध आन्दोलन घोषणा गरे अनुसार विद्यालय कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर कर्मचारीहरूले काम गरिरहेका छन।विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगारम तिवारीले आन्दोलन जारी रहेको बताउदै भने- ‘ जेठ २ गतेसम्म कालोपट्टी बाँधेर आन्दोलन गर्छौं, ‘वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ, महासचिव शान्तिराम योगी र मैले माग सम्बोधन गर्न […]

२०८२ बैशाख २६ गते, शुक्रबार

‘नीति तथा कार्यक्रमले सामुदायिक विद्यालयको मानमर्दन गर्‍यो’

काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारको नीति तथा कार्यक्रमले सामुदायिक विद्यालयको मानमर्दन गरेको जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिज्ञप्ति जारी गर्दै नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ ले सामुदायिक विद्यालयको मानमर्दन गरेको जनाएका हुन् ।अध्यक्ष सुवेदीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘वक्तव्यको बुँदा नं ६६ ले पाठ्यक्रमबारे सरकारको अज्ञानता प्रकट गरेको […]

२०८२ बैशाख २५ गते, बिहीबार

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु भएको जानकारी दिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रण डा गणेशप्रसाद भट्टराईले देशभरका ५० वटा केन्द्रमा एसईईको उत्तरपुस्तिका परीक्षण प्रारम्भ भएको जानकारी दिए । उनले उत्तरपुस्तिका परीक्षणका लागि दैनिक ३० हजार शिक्षक परिचालन भइरहेको पनि बताए ।विद्यालयका शिक्षक र कर्मचारीको […]

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

काठमाडौँ । कक्षा १२ को परीक्षा शुरु भएको छ। आज अनिवार्य अंग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरणको परीक्षा भइरहेको छ।परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना […]

२०८२ बैशाख २१ गते, आईतवार

विद्यालय कर्मचारीद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषद्‌ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । परिषद्‌ले बब्बनकुमार मिश्रलाई आन्दोलन परिचालन कमिटीको संयोजक तोकेको छ । यसअघि एक महिना लामो आन्दोलनमा विद्यालय शिक्षक कर्मचारी पनि सहभागी भएका थिए । आन्दोलन वैशाख २१ देखि सञ्चालन हुनेछ । कक्षा १२ को परीक्षमा कालोपट्टी बाँधेर काम गर्ने […]

२०८२ बैशाख १९ गते, शुक्रबार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

काठमाडौँ । शिक्षक र सरकारबीच ९ बुँदे सहमति भए संगै करिब १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन फिर्ता भएको छ। बुधबार शिक्षामन्त्री रघुजी पन्तलगायत संग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए।सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलन फिर्ता भएको र आजबाट विद्यार्थी भर्ना सुरु हुने शिक्षामन्त्री रघुजी पन्तले बताए।

२०८२ बैशाख १८ गते, बिहीबार

काठमाडौं महानगरद्वारा छात्रवृत्ति विवरण पेस गर्न विद्यालयलाई आग्रह

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न विद्यालयलाई आग्रह गरेको छ । सूचनामार्फत काठमाडौं महानगरले महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्म छात्रवृत्ति उपलब्ध गराउँदा जेहनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र […]

२०८२ बैशाख १७ गते, बुधबार

‘हामी अन्तिम लडाइँमा छौँ ‘

काठमाडौँ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक अन्तिम लडाइँमा पुगेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘हामी अन्तिम लडाइँमा छौँ। यसमा सबैको सक्रिय सहभागिता अनिवार्य छ।’ उनले गाउँगाउँबाट शिक्षकलाई काठमाडौं छिटो आउनसमेत अनुरोध गरेका छन्। ‘काठमाडौं आउन बाँकी रहनु भएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीको रगत बगीसक्दा पनि अझै तपाईंहरु घरमै बसिरहन […]

२०८२ बैशाख १५ गते, सोमबार

शिक्षक र प्रहरीबिच झडप: दर्जनौ शिक्षक घाइते

काठमाडौँ । प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरू २६ औं दिनमा निषेधित क्षेत्र तोडेर बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका हुन् ।यसैबीच, नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर […]

२०८२ बैशाख १४ गते, आईतवार

शिक्षकद्वारा निषेधित क्षेत्र तोड्ने प्रयास

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २५ दिनदेखि निरन्तर काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका शिक्षकले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । यसैक्रममा आज काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि दुई पक्षबीच धकेलाधकेल भएको हो ।

२०८२ बैशाख १३ गते, शनिबार