बिश्व

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ। एसियाली बजारमा पनि सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन्। दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्क एक दशमलव चार प्रतिशतले घटेको छ। टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ भने सिड्नी, जकार्ता र बैङ्ककमा वृद्धि देखिएको छ। मनिला र क्वालालम्पुरका बजार […]

२०८३ भाद्र ८ गते, सोमबार

इरानको संसदद्वारा हर्मुज जलमार्गबाट सेवा शुल्क उठाउने कानून पारित

काठमाडौँ । इरानको संसद्ले हर्मुज जलमार्गमा संचालन हुने जहाजहरूबाट सेवा शुल्क उठाउने कानून पारित गरेको छ । संसद्को राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले ‘हर्मुज जलमार्गको सुरक्षा र प्रगति सुनिश्चित गर्ने रणनीतिक कार्य’ सम्बन्धी विधेयकको धारा ३ अनुमोदन गरेको हाे । नयाँ व्यवस्थाअनुसार होर्मुज जलमार्ग हुँदै आवतजावत गर्न अनुमति पाएका विदेशी जहाजले अब इरानलाई सेवा […]

२०८३ भाद्र ८ गते, सोमबार

ट्रम्प प्रशासनले ७५ देशका आप्रवासी भिसामा लगाएको रोक संघीय अदालतद्वारा खारेज

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न लगाएको रोकलाई संघीय अदालतले खारेज गरेको छ । म्यानह्याटनस्थित अमेरिकी संघीय जिल्ला अदालतकी न्यायाधीश जेनेट वर्गासले उक्त नीति ‘कानुनविपरीत’ रहेको भन्दै खारेज गरेकी हुन् । उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई यस्तो नीति लागू गर्ने वैधानिक अधिकार नभएको समेत ठहर गरेकी […]

२०८३ भाद्र ७ गते, आईतवार

अमेरिका–इरान युद्ध थप चर्किने संकेत

काठमाडौँ । अमेरिका र इरानबीच करिब छ महिनादेखि जारी युद्ध थप चर्किने संकेत देखिएको छ । नयाँ अमेरिकी आर्थिक प्रतिबन्ध घोषणा हुनुअघि दुवै देशका नेताहरूले एकअर्काविरुद्ध कडा अभिव्यक्ति दिइरहेका छन्। अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेका बेला इरानको प्रमुख व्यापारिक साझेदार चीनसमेत अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चिन्ता बढेको छ।अमेरिकी अर्थमन्त्री […]

२०८३ भाद्र ७ गते, आईतवार

इरानद्वारा अमेरिकी आर्थिक प्रतिबन्धप्रति कडा आपत्ति

काठमाडौँ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान विरुद्धको नयाँ आर्थिक प्रतिबन्ध अभियानको आलोचना गर्दै वाशिङ्गटनले अन्य देशहरूलाई अमेरिकी प्रतिबन्धहरूको पालना गर्न बाध्य पार्न खोजिरहेको बताएका छन्।तेहरानसँग आर्थिक कारोबार गर्ने देशहरू, कम्पनीहरू र वित्तीय संस्थाहरूका लागि यसको परिणामहरू खतराजन्य रहेको भन्दै संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध अहिलेसम्मको सबैभन्दा कडा आर्थिक कारबाही […]

२०८३ भाद्र ६ गते, शनिबार

ट्रम्पद्वारा इरानका व्यापारिक साझेदारलाई निशाना बनाउने चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार वा वित्तीय कारोबार गर्ने जुनसुकै देशले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको छ महिना बितिसक्दा पनि सैन्य वा कूटनीतिक सफलता नमिलेपछि ट्रम्पले ‘आर्थिक डी–डे’को घोषणा गरेका छन्। उनले युद्धमा उत्पन्न गतिरोध तोक्न ल्याइएको यस रणनीतिअन्तर्गत इरानसँग व्यापार वा वित्तीय कारोबार […]

२०८३ भाद्र ५ गते, शुक्रबार

हेलिकोप्टर दुर्घटना : इक्वेडरका गुप्तचर प्रमुखसहित सातको मृत्यु

काठमाडौँ । केन्यामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख मिसेल सेन्सी–कोन्टुगी र उनकी श्रीमती स्टेफानी होलिहानसहित सात जनाको मृत्यु भएको छ। अमेरिकी विदेश विभागका एक प्रवक्ताले दुर्घटनामा पाँच अमेरिकी नागरिकको पनि मृत्यु भएको बताएका छन्। उत्तरी केन्याको सम्बुरु काउन्टीमा पर्यटक बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो। हेलिकोप्टरमा चालकसहित सात जना सवार थिए र दुर्घटनामा सबैको […]

२०८३ भाद्र ४ गते, बिहीबार

ट्रम्पद्वारा इरानमाथि कठोर कारबाही गर्ने धम्कि

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक कारबाही गर्ने धम्कि दिएका छन्। दुई देशबीच पाँच महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाएका छन्। बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले इरानविरुद्ध कुनै पनि देशमाथि नभएको हालसम्मकै सबैभन्दा कठोर आर्थिक कारबाही […]

२०८३ भाद्र ४ गते, बिहीबार

ट्रम्प र किमबीच प्रत्यक्ष भेटवार्ता हुँदै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पुनः प्रत्यक्ष भेटवार्ताको तयारी भइरहेको बताइएको छ। रिपोर्ट अनुसार, ट्रम्पले आफ्ना अधिकारीहरूसँग यसै वर्षको नोभेम्बर महिनामा किमसँग बैठक आयोजना गर्ने विषयमा छलफल गरिरहेका छन्। यो भेटवार्ता ट्रम्पको एसिया भ्रमणका क्रममा चीनको शेनजेनमा हुने एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन शिखर सम्मेलनका क्रममा हुन सक्ने सम्भावना […]

२०८३ भाद्र ३ गते, बुधबार

युक्रेनद्वारा मस्को क्षेत्रमा ६२० भन्दा बढी ड्रोन आक्रमण

काठमाडौँ । रुसी अधिकारीहरूले रातको समयमा मस्को क्षेत्रलाई लक्षित गरी ६२० भन्दा बढी ड्रोन आक्रमण भएको दाबी गरेका छन् । रुसी राजधानीमाथि युक्रेनले गरेको यो सबैभन्दा ठूलो आक्रमणमध्ये एक भएको बताइएको छ ।मस्कोका मेयर सर्गेई सोब्यानिनले रुसी रक्षा प्रणालीले सोमबार साँझदेखि मंगलबार बिहान ५ बजेसम्म राजधानी क्षेत्रतर्फ आएका १८० वटा ड्रोन खसालेको बताएका छन् । […]

२०८३ भाद्र २ गते, मंगलवार