कला तथा साहित्य

वरिष्ठ साहित्यकार राजेन्द्र विमलको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार प्रा डा राजेन्द्र विमलको निधन भएको छ। विमलको उपचारको क्रममा मंगलबार विहान निधन भएको हो।नेपाली र मैथिली, अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेखेका विमलको जन्म सन् १९४७ मार्च २६ मा जनकपुर–१० स्थित देवीचोकमा भएको थियो। उनले नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गरेका छन्। उनले भाषा […]

२०८३ श्रावण २६ गते, मंगलवार

जनक्रान्ति

कल्पना सी धैर्यताका बाँधहरू धेरै बाँध्यौँ।अब मौनताले अर्थ राख्दैन ।न्यायको भारी बोकेर हिँड्नेयो यात्रा अब रोकिँदैन।। हाम्रा हात रित्तै भएपनिआत्मसम्मान कहिले रितिँदैन ।सत्यलाई दबाउने जति प्रयास गरेपनिजनताको आवाज कहिल्यै सकिँदैन ।। एकदिन यी मौन ओठहरूइतिहास बनेर बोल्नेछन् ।पीडित जनताको आँसुपरिवर्तनको नदी बनेर बग्नेछन् ।। त्यो दिन कुनै बालकभोकसँग निदाउनु पर्ने छैन।कुनै पनि आमालेआँसु लुकाएर हाँस्नुपर्ने […]

२०८३ श्रावण २१ गते, बिहीबार

डा. दवेन्द्र आचार्यको ‘म तिम्रै यादमा’ सार्वजनिक

काठमाडौँ । डा. देवेन्द्र आचार्यका मानव मनको गहिराइ, सम्बन्धको जटिलता र विरहको मौन मनोविज्ञानका जीवन्त दस्तावेज बोकेको गजल ‘म तिम्रै यादमा’ सार्वजनिक भएको छ । बबिना भट्टराईको स्वर तथा संगीत रहेको गजल ‘म तिम्रै यादमा’ बबिना भट्टराईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको गजल ‘म तिम्रै यादमा’ को एरेन्ज तथा […]

२०८३ श्रावण १९ गते, मंगलवार

राष्ट्रिय नेपाली साहित्य अवार्डका लागि आवेदन खुला

काठमाडौँ। नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवर्द्धन तथा उत्कृष्ट साहित्यकारहरूको सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुल्ला गरिएको छ। अवार्डको आयोजक संस्था रेस्पोन्सिभ मिडिया प्रालिद्धारा जारी विज्ञप्ती अनुसार गुरु पुर्णिमाको अवसर पारेर अवार्डको आवेदन फारम खुल्ला गरेको जनाएको छ । आयोजक समितिका अध्यक्ष मनोज थापाले देश […]

२०८३ श्रावण १३ गते, बुधबार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय लमजुङले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पु¥याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। उक्त कार्यालयका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँका स्थायी बासिन्दा […]

२०८३ श्रावण १० गते, आईतवार

मदन पुरस्कारका लागि उत्कृष्ट कृतिको श्रेष्ठ सूची सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये मूल्याङ्कनपछि १० कृति श्रेष्ठ सूचीमा छनोट भएका हुन् । यीमध्ये एक कृतिलाई मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ ।अकारादि क्रममा छनोट भएका कृतिहरूमा […]

२०८३ श्रावण ४ गते, सोमबार

साहित्यकार सुमी लोहनीको ‘अष्टावक्र महागीतामृत’ लोकार्पण

काठमाडौँ । ओशो तपोवनद्वारा आयोजित विशेष एवम् भव्य समारोहमा ‘अष्टावक्र महागीतामृत’ (अध्यात्म तथा अद्वैत वेदान्त दर्शन) कृतिको लोकार्पण गरिएको छ । साझा प्रकाशनबाट प्रकाशित साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको उक्त कृति असार १७ गते बुधवार काठमाडौँको नागार्जुन अवस्थित ओशो तपोवनमा लोकार्पण गरिएको हो ।उक्त कार्यक्रमका मुख्य वक्ता स्वामी आनन्द अरुणले ओशोले सन् १९७४ मा आफ्ना […]

२०८३ असार २२ गते, सोमबार

हास्यकलाकार खेम शर्माको निधन

काठमाडौँ । चलचित्र विकास बोर्डले हास्यकलाकार खेम शर्माको निधन भएको जानकारी दिएको छ । उनको आज बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनलाई धेरै दर्शकले ‘चतुरे’ नामबाट चिन्दथे । चलचित्र विकास बोर्डले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ- “हास्यव्यंग्यमा ‘चतुरेको दाउपेच’बाट सर्वाधिक चर्चित हुँदै सयौँ टेलिफिल्म, चलचित्र र रंगमञ्चमा आफ्नो अभिनय क्षमताको छाप […]

२०८३ असार ७ गते, आईतवार

युगकवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती । आज युगकवि सिद्धिचरण श्रेष्ठको स्मरणमा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइँदैछ । श्रेष्ठको जन्म विसं १९६९ साल जेठ ९ गते ओखलढुंगाको बजारमा भएको थियो ।स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन्। युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, […]

२०८३ जेष्ठ ९ गते, शनिबार

नातिकाजी स्मृति समाजद्वारा २१ जनाकलाकारलाई पुरस्कार तथा सम्मान

काठमाडौँ । नातिकाजी स्मृति समाजद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न २१ जना कलाकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेका छन् । कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरिएको थियो । त्यस्तै, ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी […]

२०८३ बैशाख २५ गते, शुक्रबार