अर्थ

नेप्से ११ दशमलव ९६ अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचक ११ दशमलव ९६ अंकले बढेर दुई हजार ५७८ दशमलव ७३ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अंकले बढेर ४६१ दशमलव ८६ मा पुगेको छ। त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ८२ अंकले बढेर १७७ दशमलव ७१ मा पुगेको छ।यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७५ अंकले बढेर […]

२०८३ आश्विन २० गते, मंगलवार

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। बैंकले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार, पुनर्निर्माण तथा […]

२०८३ आश्विन २० गते, मंगलवार

विदेशी मुद्रा सटहीको सीमा ह्वातै बढ्यो !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमालाई वृद्धि गरेको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै विदेशमा उपचार गराउने नेपाली नागरिकका लागि विदेशी मुद्रा सटहीको सीमा दोब्बर बनाउँदै वार्षिक ३० हजार अमेरिकी डलरसम्म सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि यस्तो सुविधा वार्षिक १५ हजार अमेरिकी डलरसम्म मात्र रहेको थियो […]

२०८३ आश्विन २० गते, मंगलवार

१० लाखभन्दा बढीको अबैध सामान बरामद

काठमाडौँ । प्रहरीले पर्साको वीरगञ्जबाट भन्सार छली भारतबाट ल्याइएका १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका मोबाइल, कस्मेटिक सामान र स्याउ बरामद गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट भारतबाट भन्सार छली ल्याइएका एप्पल कम्पनीका आइफोन–१७ तीन थान र आइफोन–१५ एक थान बरामद गरेको र बरामद मोबाइलको मूल्य पाँच लाख ५२ हजार २१० […]

२०८३ आश्विन २० गते, मंगलवार

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राहरूको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ।हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्रा महँगिएका […]

२०८३ आश्विन २० गते, मंगलवार

राष्ट्र बैंकद्वारा सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्का डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीसम्बन्धी कामका लागि बोलपत्र माग गरेको हो।राष्ट्र बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार यसअघि छनोट भइसकेका योग्य सुरक्षा मुद्रण तथा सिक्का छाप्ने कम्पनीहरूले बोलपत्रमा सहभागी हुन सक्नेछन्।यसअघि फागुन […]

२०८३ आश्विन १८ गते, आईतवार

पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको छ ।कार्यालयका अनुसार कालिकोटको खाँडाचक्र-१ स्थित गोर्खबहादुर बटाला मुख्य व्यक्ति रहेको बटाला निर्माण सेवालाई तिलागुफा नगरपालिकाको सिफारिसमा तीन वर्षका लागि […]

२०८३ आश्विन १७ गते, शनिबार

नेप्से परिसूचक ११.९० अंकले घट्यो

काठमाडौँ । नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा बन्द भएको छ । आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको शेयर मूल्यमा गिरावट आउँदा बजार रातो देखिएको छ। ६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।दिनभरिमा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको […]

२०८३ आश्विन १६ गते, शुक्रबार

२१ हजारको ल्युब आयल खरिद गरेका साहले जिते १० लाख

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा भएको छ। नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई १० लाख राशिको १५ दिनको बम्पर उपहार परेको छ । कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनोट भएको हो। उनलाई तत्कालै फोन सम्पर्क गरेर […]

२०८३ आश्विन १६ गते, शुक्रबार

२४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १६ गते बिहान ६ बजेसम्म गरिएको कारबाहीमा मादक पदार्थ सेवन (मा.प.से.), सिसिटिभी, रातो बत्ती उल्लंघन, तीव्र गति, हर्न, लेन अनुशासन, सवारीको अवस्था, एकतर्फी सडक (वन–वे) लगायतका कसुर समावेश छन् ।कारबाहीको विवरणअनुसार […]

२०८३ आश्विन १६ गते, शुक्रबार