अर्थ

नेप्से १६.४७ अंकले घट्यो

काठमाडौँ । नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा रोकिएको छ । यो ०.६२ प्रतिशतको गिरावट हो । आज कारोबार भने ५ अर्ब नाघेको छ । सोमबार कूल ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच भयो । जसबाट कुल ५ अर्ब […]

२०८३ आश्विन १२ गते, सोमबार

झन्डै आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै आधा किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत दिल्लीका करिब ४६ वर्षीय अस्लम सोकट रहेका छन् । भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका उनको साथबाट ४२२.५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।विमानस्थलमा अस्वाभाविक रूपमा हिँड्डुल गरिरहेको अवस्थामा शंका लागेर जाँच […]

२०८३ आश्विन १२ गते, सोमबार

दुर्घटनाग्रस्त गाडीवाट ३९८ केजी गाँजा बरामद

काठमाडौँ । दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । गए राति १० बजे कोशी राजमार्गमा प्रहरी चौकी बरगाछीले गरेको आकस्मिक चेकिङ टोलीलाई देखेर इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को१च ७३९९ नम्बरको स्कार्पियो गाडी यु-टर्न गरी भागेको थियो । भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४८२२ नम्बरको कारलाई […]

२०८३ आश्विन ११ गते, आईतवार

कर्जा प्रवाहमा उत्साहजनक सुधार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा झण्डै ६३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको हो ।भदौ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुबाट कुल ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ ऋण प्रवाह भएको छ । यस्तो कर्जा प्रवाह साउन मसान्तमा ५२ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो । त्यस्तै, […]

२०८३ आश्विन १० गते, शनिबार

लघुवित्त वित्तीय संस्थाको शाखा घट्दो

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असारमा लघुवित्तका ४ हजार ९६१ शाखा रहेकामा २०८३ असारसम्ममा घटेर ४ हजार ९२४ वटा मात्रै कायम छन् । राष्ट्र बैंकका अनुसारअघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्त वित्तीय संस्थाको शाखा संख्या १.०२ प्रतिशतले घटेको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा पनि शाखा संख्या ०.७५ प्रतिशतले घटेको छ ।राष्ट्र […]

२०८३ आश्विन १० गते, शनिबार

१ अर्ब ३ करोडभन्दा बढी हुण्डी कारोबार :ज्योति शाहीलाई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका–१३ का ज्योति शाहीलाई पक्राउ गरेको छ। सीआईबीका अनुसार केही व्यक्तिहरू हुण्डी कारोबारमा संलग्न रहेको गोप्य सूचना प्राप्त भएपछि शंकास्पद व्यक्तिहरूमाथि अनुसन्धान तथा विश्लेषण गर्ने क्रममा शाहीको संलग्नता देखिएको हो।नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय […]

२०८३ आश्विन ९ गते, शुक्रबार

‘लगानी नीति सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र लागू गर’

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लगानीसम्बन्धी नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले सरकारी सुरक्षणपत्र, राष्ट्र बैंक ऋणपत्र, संगठित संस्थाका शेयर, डिबेञ्चरलगायतका वित्तीय उपकरणमा […]

२०८३ आश्विन ९ गते, शुक्रबार

आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडाैँ । विमानस्थलका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलोग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) बाट फ्लाई दुबईमा आएका भारत केरलाका मोहमद चेरा ठोदी ५३५ ग्राम सुनसहित पक्राउ परेका हुन्। उनले ल्याएको सुन अर्धठोस अवस्थामा छ।विमानस्थलमा खटिएको प्रहरीले सुरक्षा जाँच गर्दा उनले लगाएको भित्रिबस्त्र […]

२०८३ आश्विन ८ गते, बिहीबार

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो !

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ। गत भदौ मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशत नाघेको हो।कार्यालयका अनुसार आन्तरिकतर्फ रु १३ खर्ब ६१ अर्ब ८७ लाख र बाह्य […]

२०८३ आश्विन ८ गते, बिहीबार

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले ठेक्का लिएर सम्झौताका सर्तअनुसार काम नगर्दा सम्बद्ध निकायको सिफारिसमा एकदेखि तीन वर्षका लागि कार्बाही गरेको हो।आधुनिक कन्स्ट्रक्सन एण्ड सप्लायर्स तीन वर्षका लागि कालोसूचीमा परेको छ। उक्त कम्पनीलाई कार्बाही गर्न डुम्रे बेंसीसहर चामे सडक योजना कार्यालय लमजुङले लेखिपठाएको बिहीबार प्रकाशित सूचनामा छ।यस्तै मोरङको […]

२०८३ आश्विन ८ गते, बिहीबार