लागुऔषधसहित २७ जना पक्राउ

२०८३ मंसिर १० गते, बिहीबार


काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंबाट दश, सुनसरीबाट सात, झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एकजनालाई पक्राउ गरिएको हो । उनीहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केहीको साथबाट नगद पनि बरामद भएको जनाइएको छ । उनीहरू मंगलबार र बुधबार पक्राउ परेका हुन् । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु