सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । आज सुनचाँदीको मूल्य तोलामा छ हजार ५०० र चाँदी १०५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ४० रुपैयाँ कायम भएको छ ।
मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ४७ हजार ९०० र एक तोला असली चाँदी तीन हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।
