चित्राक्षरमा सुदर्शनराज पाण्डे
सुदर्शनराज पाण्डेमा मान्छे हुनु र नेपाली हुनुको अस्तित्वबोध थियो । बोध हुनु र बोध अनुसार कर्म गर्न सकेपछि मात्र अस्तित्व हुन्छ । तर निर्जीव प्राणीहरुको स्थितिमात्र हुन्छ । बोध गर्न नसक्ने वस्तुहरुको स्थितिमात्र हुन्छ । त्यसलाई ‘अवस्थिति’ भन्न सकिन्छ । अस्तित्वको अर्थ प्रकटीकरण हो । व्यक्त गर्न सक्ने (व्यक्तिने वा व्यक्त हुने) मान्छेलाई व्यक्ति भनिन्छ । विद्वान बलराम अधिकारीले ‘प्रकटीकरण नभएको मान्छे जैविक प्राणीमात्र रहन्छ’ भनेका छन् । फ्रेञ्च अस्तित्ववादी चिन्तक ज्याँ पल सात्र्र (१९०५–१९८०) ले जगतको बोध गर्थे र बोध अनुसारको कर्म गर्थे । त्यसैले ज्याँ पल सात्र्रले सामन्तवाद र महिला उत्पीडनको कारण बोध गरे । त्यसको मृत्यु र गलत तथा अमानवीयता बोध गरेको हुनाले कर्मद्वारा अस्वीकार गरे । समाज वा मानवकर्ता (सत्ता) ले तोकेको स्थानमा नरहनुलाई शात्र्रले अस्तित्व ९भ्हष्कतबलअभ० भनेका छन् । सुदर्शनराज पाण्डेमा जीवनको प्रारम्भदेखि नै अस्तित्व थियो । त्यसकारण बोध अनुसारको कर्ममा अडिग रहे । आफ्नो बोधलाई पत्रकारिता पेशामार्फत प्रकटीकरण गरिरहे । जैविक रुपले प्राणी भएका व्यक्तित्व नभएका मान्छेले पाण्डेलाई बुझ्न सकेनन् । क. सुदर्शनराजलाई कतिपयले उद्वेलित, भावना प्रधान तथा अस्थिर भन्ने गरेका छन् । त्यस्तै आरोप वा टिप्पणी चिलीका चर्चित कवि पाब्लो नेरुदालाई पनि थियो । नेरुदाको सन्दर्भमा चित्रकार पाब्लो पिकासोले ‘उद्वेलनको स्थिति व्यक्तित्वको स्थिति हो’ भनेका थिए । चेतनाको गहिराइले अनुभूतिको गहिराई निर्धारण गर्दछ । उपभोक्तावाद र कमजोर चेतनारुपी चश्माले हेरेर सुदर्शनको असली स्वरुप बुझ्न कठिन छ । तर देशको अस्तित्व र समाजको वर्तमान स्वरुप निर्माणमा सुदर्शनजस्तै योद्धाहरुको अथाह बलिदानको भूमिका छ । हाम्रो खुसी, सुख र कथित सफलता उनै योद्धाहरुको रगत–पसिनामा अडिएको छ ।
पिता भिमेश्वर पाण्डे र आमा पूर्णकुमारीको कोखबाट २०१५ जेठ १५ गते एकजना शिशुको जन्म भयो । पाण्डे परिवारका ५ छोरा र २ दिदीबहिनीमध्येका जेठा छोरा थिए सदर्शनराज पाण्डे । पाण्डेको जन्म धुनिवेशी नगरपालिका–४ (साविक नौबिसे–४) कानाकोट गाउँ, धादिङमा भएको हो । कानाकोट, बाडभञ्ज्याङ, नौबिसे वरपर पाण्डे खलकको पुरानो बस्ती रहेको छ । उसबेला नौबिसे वरपर शैक्षिक संस्था थिएनन् । त्यसैले काठमाडौं, डिल्लीबजारस्थित विजय मेमोरियल माध्यमिक विद्यालयमा उनको प्रारम्भिक शिक्षादीक्षा प्रारम्भ भएको थियो । उनी पूmपु दिदी अलैंची तिवारीको निवास ज्ञानेश्वर भएकोले पूmपु दिदीको घरमा बसेर उनले अध्ययन प्रारम्भ गरेका थिए ।
पाण्डेले २०३१ सालमा विजय मेमोरियल माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् । उनले २०३५ सालमा भारत, विहार प्रान्तको युनिभर्सिटी अफ विहारको मुजफ्फरपुरबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । मुजफ्फरपुरको अध्ययनको क्रममा उनको साइनो वीरगञ्जसँग गाँसिन पुगेको थियो । स्नातक तहको अध्ययन गर्न पाण्डे फेरि काठमाडौं आए । त्यसक्रममा वि. सं. २०३९ सालमा काठमाडौं, प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी बहुमुखी क्याम्पसमा पत्रकारिता अध्ययन गर्न थाले । उनी सो क्याम्पसका पत्रकारिता विषयका पहिलो वर्षका विद्यार्थी हुन् । त्यही वर्षबाट नै पत्रकारिता स्नातक तहको अध्ययन प्रारम्भ भएको थियो ।
स्नातक तहको अध्यापन सम्पन्न गरेपछि सुदर्शनराज पाण्डे सरकारी सेवामा लागे । त्यसक्रममा पाण्डेले जिल्ला प्रशासन अन्तरगत प्रमुख जिल्ला अधिकारी कार्यालयमा सरकारी सेवामा काम गरे । उसबेला वन विभाग थिएन । प्रमुख जिल्ला अधिकारीको कार्यालयमा ‘रेञ्जर विभाग’ हुन्थ्यो । उनी त्यसको अधिकृतसहित कार्यालय प्रमुखका सहयोगी भए । कालान्तरमा वन विभाग अलग्गै संरचना बनेपछि उनको जागिर पनि स्वतः खारेज भयो । उनी प्रजिअको स्वकीय सचिव पदमा रहेर सेवारत थिए । त्यसक्रममा उनले २०३७ असार १४ गते कलंकी, काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । सबै परिवारको नागरिकता धादिङबाट रहेको अवस्थामा सुदर्शनको मात्र नागरिकता प्रमाणपत्र काठमाडौंबाट कसरी बन्यो त ? भन्ने जेठा सुपुत्र सुरजराज पाण्डेको प्रश्नमा सुदर्शनले आपूm सेवारत कार्यालयका प्रमुख जिल्ला अधिकारी भक्तबहादुर कोइरालालाई नागरिकता बनाउन धादिङ जान्छु भन्दा ‘सुदर्शनजी, किन दुःख गर्नुहुन्छ, काठमाडौंबाट नै बनाउनुस्’ भनेपछि काठमाडौंबाट नागरिकता प्रमाणपत्र लिएको बताएका थिए ।
सुदर्शनराज पाण्डेको विवाह २०३६ सालमा रानीघाट श्रीपुर, वीरगञ्ज निवासी विन्दुदेवी सेढाई (२०१८–२०७३) सँग भएको हो । उनीहरुका दुई छोरा र एक छोरी भए । जेठो छोरा सुरजराज पाण्डे (४२ वर्ष), कान्छो छोरा सिजनराज पाण्डे ‘प्रभात’ (२०४१–२०६२) र छोरी पूजा पाण्डे (हाल अमेरिका) रहेका छन् । दोस्रो सन्तानको रुपमा रहेका सिजनराज जनयुद्धको बेलामा सहिद भएका हुन् । त्यस अर्थमा सुदर्शनराज पाण्डे सहिदका पिता पनि हुन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयको जागिर छोडेर पाण्डे वीरगञ्ज गए । त्यहाँ उद्योग–वाणिज्य संघमा काम गर्न थाले । सहकर्मी दीपक शाक्यका अनुसार पाण्डेले उद्योग–वाणिज्य संघमा भएको एउटा भ्रष्टाचार काण्डको समाचार उत्थान साप्ताहिक अखबारमा प्रकाशित गरिदिए । पाण्डेका भाइ श्यामराज पाण्डेले बताएअनुसार लालबाबु यादव उद्योग–वाणिज्य संघमा अधिकृत थिए । पाण्डेले उनको भ्रष्टाचारबारेको समाचार अखबारमा छापिदिए । यादवले धम्क्याएपछि अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायलाई सिधै फोन गरे । उपाध्यायका भाइ भद्रनाथ अधिकारी सुदर्शनका मिल्ने साथी भएकोले सूर्यनाथसँग पनि पारिवारिक प्रकृतिको सम्बन्ध थियो । छानविनपछि यादव कारवाहीमा परे । पाण्डेले पत्रकारिता अध्ययन गरेको र बेलाबेलामा समाचार पठाउने गरेको कारण समाचार स्रोत पाण्डेलाई मानियो । त्यही कारण उनले जागिरबाट निकालिनु प¥यो । त्यसपछि त पाण्डे पूर्णरुपमा पत्रकारितामा लागे ।
सुदर्शनराज पाण्डेको पत्रकारिता उत्थान साप्ताहिकबाट प्रारम्भ भएको हो । उनले तराई टुडे सन्धयाकालीन दैनिक पनि प्रकाशित गर्थे । २ पृष्ठमा रहेको सन्ध्याकालीनको मूल्य १ रुपैया थियो । उत्थान साप्ताहिक हालसम्म पनि निरन्तर प्रकाशित भइरहेको छ । सन्ध्याकालीन दैनिक भने लामो समय प्रकाशित हुन सकेन । पञ्चायतीकालमा सरकारको छेकथुन, अवरोध निरन्तर झेल्नुप¥यो । २०४२ सालमा कृष्णप्रसाद भट्टराईसहित पाण्डे दम्पत्ती पर्सा प्रहरी हिरासतमा परेका थिए ।८
पाण्डे परिवार काठमाडौंबाट नौबिसे बसाईसराई गरेको देखिन्छ ? काठमाडौं बाहिर बसाई सर्नुको भरपर्दो वा प्रमाणिक अर्थ–राजनीतिक कारण अज्ञात रहेको छ । उसबेला भारत–नेपाल व्यापार (नुन बेसाउने स्थान) भीमफेदी थियो । उसबेला नौबिसे धानसहित २ बाली फल्ने, पानी प्रशस्त भएको उब्जाउशील भूमि थियो । कृषि नै जीवनयापनको मूल आधार भएको उसबेला पाण्डे परिवार धुनीबेसी बसाई सरेको ठानिन्छ । पाण्डे खलक चार खान्दानिया क्षेत्री (कूलिन क्षेत्री) मध्येमा पर्छ । दरबारमा पाण्डे क्षेत्रीको बलियो पकड रहेको इतिहाससिद्ध तथ्य छँदैछ । पाण्डे क्षेत्रीहरु पृथ्वीनारायण शाहको काठमाडौं आगमनसँगै सैन्य सेवाको क्रममा काठमाडौं भित्रिएको बताइन्छ । सुदर्शनका सहोदर भाइ श्यामराजले बताएअनुसार पृथ्वीनारायण शाहसँगै सैन्य सेवाको क्रममा काठमाडौं आएर डिल्लीबजार, मैतीदेवी, ज्ञानेश्वर वरपर बसेका थिए । सो क्षेत्रमा अहिले पनि पन्त, सेढाई, पाण्डे थरका क्षेत्री समुदायको बाक्लो वस्ती रहेको छ ।
धुनिवेशी बसाई सरे पनि पाण्डे परिवारले काठमाडौं कलंकीको जग्गा सबै बिक्री गरेको रहेनछ । तर पुर्खौली थलो बिर्सिसकेको अवस्थामा जीवनको उत्तरार्धमा पाण्डेका बुवा भीमकेशर पाण्डेले सुदर्शनराजलाई ‘बाबु, हाम्रो पुर्खाको जग्गा कलंकीमा छ भन्नुहुन्थ्यो बुवाले, खोज्न पाए हुन्थ्यो’ भनेछन् । सुदर्शनराजले पुराना कागजात खोजे । जग्गा पत्ता लाग्यो । स्थानीय किसानले भोगचलन गर्दै आएका रहेछन् । २०३५ सालमा जोताहा मोहीलाई उनीहरुले हकभोगको अधिकार (मोहियानी हक) दिएर आफ्नो भाग जग्गा फिर्ता लिए । कलंकी मन्दिरसँगै रहेको सो जग्गा दाजुभाइबिच अंश विन्यास भएपछि सुदर्शनराज पाण्डेले २०६० सालमा आफ्नो अंश विक्री गरे । दाजुभाइहरु अहिले पनि कलंकीमा बसोबास गर्दैछन् । सुदर्शनराजका हजुरबुवाका पनि बुवा सुब्बा पदमा थिए । त्यसकारण पाण्डे परिवारलाई अहिले पनि पुराना छिमेकीले ‘सुब्बा खलक’ भन्ने गर्छन् ।
काँग्रेस नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको समाचार प्रकाशन गरेवापत् २०४२ सालमा गिरफ्तार र झूठा मुद्दा खेपेका सुदर्शनराज पाण्डे जनयुद्धको समयमा भक्तपुर, जगातीबाट गिरफ्तार भएपछि बेपत्ता पारिएका थिए । तातोपानी स्नान गर्न भनी घरबाट हिंडेका पाण्डेलाई शाही अमेरिकी सेनाले भक्तपुर जिल्ला जगातीबाट पक्राउ गरेको थियो । पत्रकारहरुको व्यापक दबाव र तत्कालीन सांसद राजेन्द्रकुमार पाण्डे र जागृतप्रसाद भेटवालले संसदमा विषय उठान गरेपछि पत्रकार पाण्डेलाई सार्वजनिक गर्न सरकार बाध्य भएको थियो । ‘एमसीसी’ विरुद्धको सङ्घर्षमा पनि सरकारले पाण्डेलाई गिरफ्तार ग¥यो । उनलाई प्रहरी हिरासतमा बन्दी बनाइयो ।
उदयराज पाण्डेका बुवा नेत्रराज पाण्डे बाराका जमिनदार थिए । उदयराज सुदर्शनका बुवाको मामाका छोरा (नाताले भाइ) थिए । जो पञ्चायतमा ५ पटक प्रधानपञ्च भएका थिए । उनै पाण्डेको आग्रहमा पाण्डे परिवार बारा, डुमरवाना पुग्यो । उसबेला ३ बिगाहा जग्गा लिएका थिए । यो २०३२ सालको कुरा हो । जितपुर उप–महानगरपालिका–१५ डुमरवानामा सुदर्शनराज पाण्डेको घरजग्गा रहेको छ । उनी कर्मथलो वीरगञ्ज जाँदा सोही घरमा बस्थे । डुमरवाना, बारा जिल्लाको कम्युनिष्ट आधार क्षेत्र हो । जनयुद्धका प्रतिभाशाली नेता तथा सहिद बासु लामिछाने ‘विकास’ पनि डुमरवाना निवासी थिए । जीवनको अन्तिम दिनमा पाण्डे बारा जिल्ला डुमरवानामा नै थिए । उनी उच्च रक्तचाप र मधुमेह रोगबाट लामो समयदेखि पीडित थिए । पाण्डेका पुत्र सुरजराजका अनुसार पाण्डेको बिर्सने वा लापरवाहीले औषधी सेवनमा नियमितता हुन्थेन । काठमाडौं, चेकपोष्ट निवासी पाण्डे परिवारसँग भएको समयमा रेखदेख हुन्थ्यो । तर बारा वा काठमाडौं बाहिर हुँदा उठबस, खाना, आराम र औषधी सेवन व्यवस्थित हुन्थेन । आफ्नो दुःख कसैलाई भन्दैनथे । आर्थिक समस्या, स्वाभिमानी स्वभाव, देश र जनताप्रतिको अगाध आस्था र दायित्वबोधले उहाँको व्यक्तिगत जीवनमा क्षति पु¥याइरहेको थियो ।

घटना भएको दिन अपरान्ह ३ बजे मध्य नेपाल साप्ताहिकको वार्षिक उत्सव कार्यक्रममा सहभागी भएका र पत्रकार साथीहरुसँगै नाचगान र खुसी साटासाट गरेका थिए । त्यस दिन वीरगञ्ज कारागारका बन्दी भेट्न गएको र मिठाई लगिदिएको बताएका छन् । सोही दिन साँझ ७ः३० मा भाइ श्यामराजाले काठमाडौं, कलंकीबाट फोन गरेका थिए । “तरकारी र भात पकाएको छु । घ्यू छ, भात खाएर आराम गर्छु” दाजुले भनेको सम्झन्छन् श्यामराज पाण्डे । खाना खाएर आराम गर्न लागेका पाण्डेलाई असहज अनुभूति भएको देखिन्छ । राती देव घिमिरेलाई फोन गरे । डुमरवानाको निवासमा भएको अन्तिम समयमा देवसँग फोनमा भन्छन्, “हेलो, देव जी के छ ? सुतिरहनु भा’छ ? तपाईलाई एउटा दुःख दिनुप¥यो आज । मलाई हेर्नु न, मलाई आज एकदम गाह्रो भा’छ । के भयो के भयो ! सुतेको ठाउँबाट उठ्नै नसक्ने भएँ । माधवको एम्बुलेन्स पाइँदैन ? माधवको भए हुन्थ्यो । अस्पताल पुग्थें” भनेका थिए । एकजना अनन्य मित्रसमेत रहेका देवले “हो र !” आश्चर्य प्रकट गर्छन् । त्यसपछि “ए ल, फोन गरिराछु है” भनेका थिए । त्यसपछि पाण्डेलाई वीरगञ्जस्थित नारायणी अस्पताल लगियो । त्यसपछि काठमाडौंस्थित घरमा छोरालाई खबर गरियो । अस्पतालमा (विन्दुदेवी पाण्डेका) भाइ प्रद्युम्न राती नै पुगिसकेका थिए ।
२०८१ भदौ १२ गते राती नै पाण्डेलाई अस्पताल पु¥याइयो । छोरा सुरजराजले बेलुका के खानु भएको थियो ? अस्पताल कसरी आउनु भयो ? लडेको हो कि ? भनेर जिज्ञारा राखे । पाण्डेले सञ्चो नभएपछि देवसँग सहयोग मागेर अस्पताल आएको बताए । त्यसलगत्तै नारायणी अस्पतालले मुटुमा समस्या रहेको भन्दै काठमाडौं गंगालाल हृदयरोग केन्द्र लग्न सुझायो । त्यत्तिबेलासम्म नेपाल कम्युनिष्ट पार्टीका पर्सा जिल्ला सचिव फिरोज सी अस्पताल पुगिसकेका थिए । उनले आत्तिदै नेपाल कम्युनिष्ट पार्टीका मधेश प्रदेश इञ्चार्ज अनिल सीलाई सम्पर्क गरेर हवाई टिकटको व्यवस्था गर्न अनुरोध गरे । वर्षात्को कारण हवाई टिकट तत्काल गाह्रो देखियो । फिरोजले आकस्मिक बाहनको व्यवस्था गरेपछि काठमाडौं लगियो । पाण्डेसँग साथमा छोरा सुरजराज थिए ।
भदौ १३ गते साँझ गंगालाल अस्पताल पुगेपछि मुटुको जाँच ‘इसीजी’ गरियो । अस्पतालले मुटुमा कुनै समस्या नभएको भन्दौ शिक्षण अस्पताल, महाराजगञ्ज लैजान सिफारिस ग¥यो । शिक्षण अस्पताल पु¥याउँदा रातको १० बजिसकेको थियो । उनी गल्दै गए । राती २ः३० बाट बेहोस् भए । शिक्षण अस्पताल पुग्दा पनि होसमा नै थिए । चिकित्सकले उनलाई मस्तिष्क–घात भएको घोषणा गरे । उनलाई जापानिज इन्सेफ्लाइटिस भएको पनि देखियो ।
सुदर्शनराज पाण्डे र पाण्डे परिवारको पुर्खौली बसोबास धुनीबेसी, कानाकोट गाउँमा रहेको छ । २०७२ सालको भूकम्पपछि सगोलको सो घर र जमिन मर्मत गरेर यथावत राखिएको छ । हरेक वर्ष बडादशैं मान्न पाण्डे परिवार (सुब्बा खलक) त्यहीं पुग्छन् । गत वर्ष सोही अवसरमा कानाकोट पुग्दा चिप्लेर लडेपछि पाण्डेको टाउकोमा चोट लागेपछि १७ टाँका लगाइएको थियो । त्यत्रो चोट लाग्दा पनि उनी सामान्य अवस्थामा देखिन्थे । अपार सहनशीलता थियो सुदर्शनराजमा ।
सुदर्शनराजकी जीवनसंगिनी विन्दुदेवीको निधन २०७३ असार ५ मा भएको थियो । ३ सन्तानमा कान्छो छोरा सिजनराज पाण्डे ‘प्रभात’ सहिद भए । मधेश विद्रोहको समयमा ठाकुराम बहुमुखी क्याम्पस नजिक बिच सडकमा रहेको सहिद पुत्रको स्मारक आन्दोलनकारीले तोडफोड गरे । मधेशी जनअधिकार फोरम र उपेन्द्र यादवसहितका नेताहरुसँग जनताले लामो समयसम्म प्रश्न सोधिरहने छ । सामन्तवाद–साम्राज्यवादका विरुद्ध लडेका योद्धाको स्मारक कसको चाकरी गर्न भत्कायौ ? जीवनका घटनाले उनी पीडित, दुःखित थिए । तर देश र जनताप्रति अदम्य सहानुभूतिशील, इमान्दार थिए । उनले जीवनको लामो समय पञ्चायती निरङ्कुशता विरुद्ध कलमको हतियारले लडे । गणातन्त्र ल्याउन लडे । एमसीसी परियोजना विरुद्ध लडेर गिरफ्तारसमेत भएका थिए । पाण्डे नेपाल कम्युनिष्ट पार्टी, पर्सा जिल्लाका जिल्ला सदस्य८ र जनपत्रकार सङ्गठनका केन्द्रीय सदस्य, सहिद तथा बेपत्ता योद्धा समाजको केन्द्रीय सदस्य र अखिल नेपाल जनसाँस्कृतिक महासंघका सदस्यसमेत थिए । उनको निधनले नेपाल कम्युनिष्ट पार्टीले पर्सा जिल्लाको आस्थाको धरोहर र अभिभावक गुमाएको छ भने देश र जनताले एकजना देशभक्त योद्धा गुमाएको छ । उनको जनसेवा र देशप्रेमको कामलाई अनुशरण गरेर नै सुदर्शनराज पाण्डेप्रति सच्चा सम्मान हुन सक्नेछ ।


