मानव समुदायको विकासको प्रक्रिया

२०८३ मंसिर ७ गते, सोमबार
हस्तबहादुर केसी



(१) सामाजिक आर्थिक विकासको प्रक्रियामा आधारित रहेर मानव समुदायको अस्त्वि कायम हुन्छ ।
(२) इतिहासको विकासको प्रक्रियामा मानव समुदाय विभिन्न रुपमा विकसित हुँदै आएको छ ।
(३) उत्पादक शक्ति र उत्पादन सम्बन्धको द्वन्द्वात्मक एकत्वमा यसको प्रक्रियामा निहित छ ।
१. गोत्र समुदाय
(१) रक्त सम्बन्धमा आधारित गोत्रसमुदाय आदिम मानव समुदायको उत्पादन सम्बन्धको आधार हो । मातृसत्तात्मक आदिम गोत्र समुदाय सामुहिक स्वामित्वमा आधारित थियो ।
(२) पशुपालन कृषि र दस्तकारिताको विकाससँगै गोत्र समुदायको दोस्रो रुप पितृसत्तात्मक थियो । यहीबाट शोषणको थालनी भयो ।
२. कबिला समुदाय
(क) दुई वा बढी गोत्रको मिलन र विकासको प्रक्रियाबाट कबिला समुदाय बन्यो ।
(ख) कबिला पहिलो मातृगोत्र र पछि पितृगोत्रमा आधारित थियो ।
(ग) चुनाबबाट गोत्रको प्रमुख वा सैनिक नेता चुनिन्थे । तिनलाई गणनायक वा गणपति भनिन्थ्यो ।
(घ) यो प्रारम्भिक गण समाज थियो । कसैलाई विशेषाधिकार थिएन ।
३. वर्ग
(क) पितृसत्तात्मक कबिला तन्त्रीय समाजमा उत्पादन पद्धतिको विकास र व्यक्तिगत सम्पत्तिको उत्पत्तिसितै वर्गको जन्म भएको हो ।
(ख) वर्ग मानव समुदायको एउटा रुप हो ।
(ग) इतिहासको मुख्य चालक शक्ति वर्गहरूबीचको संघर्ष हो । वर्ग संघर्ष हो ।
४. राज्य
राज्य मानव समुदायको एउटा रुप हो । समाजमा वर्ग संघर्ष समाधान गर्न कठिन बन्दै गएपछि समाजका बीचबाट र समाजभन्दा माथि एउटा विशेष शक्तिका रुपमा राज्यको उत्पत्ति भएको हो ।
मानवजातिको इतिहासमा सबैभन्दा पहिले दासस्वामी समाजमा राज्यको उत्पत्ति भएको हो ।
५. जनजाति समुदाय
कबिलाहरूको मिलनबाट जुन उच्च जनसमुदाय बन्दछ त्यसको नाम जनजाति हो ।
जनजाति समुदाय कबिला समाजभन्दा उच्च र राष्ट्रभन्दा निम्न अवस्थाबीचको सामाजिक अवस्था हो । यो भाषिक, आर्थिक र सांस्कृतिक एकतामा आधारित मानव समुदाय हो ।
६. राष्ट्र वा जाति
(१) जनजाति समुदायको विकास उच्च रुप राष्ट्र हो । राष्ट्रको अवधारणा समाज, भाषा, भूभाग, आर्थिक जीवन र सांस्कृतिक मनोविज्ञानजस्ता तत्वहरूमा आधारित छ ।
(२) राष्ट्रको अवधारणा समान भाषा, भूभाग, आर्थिक जीवन र सांस्कृतिक मनोविज्ञानजस्ता तत्वहरूमा आधारित छ ।
(३) राष्ट्रलाई जाति पनि भनिन्छ ।
(४) राष्ट्र सामन्तवाद विरोधी पूँजीवादी जनवादी क्रान्तिको ऐतिहासिकता र राष्ट्रिय आन्दोलनको अन्तरवस्तुमा आधारित छ ।
(५) माक्र्सवाद–लेनिनवाद–माओवादले राष्ट्रहरूको आत्म निर्णयको अधिकारलाई अङ्गिकार गर्दछ ।
७. वर्ण तथा जात र नस्ल
(क) वर्ण तथा जातको अवधारणा भारत वर्ष अर्थात् हिमाली उपमहाद्विपमा विकसित भएको पाइन्छ ।
(ख) वर्ण अन्तर्गत मानव समुदायलाई ब्राह्मण, क्षेत्री तथा शुद्रमा विभाजित गरिन्छ ।
(ग) जात एउटै जातिभित्रको धार्मिक भेद र सामाजिक श्रमविभाजनसँग सम्बन्धित छ ।
(घ) नस्ल भनेको प्रजाति हो । मानव समुदाय भनेको प्रजातिमा विभाजित रही आएको छ । मुख्य प्रजातिहरूमा नेग्रिटो, अष्ट्रिक, द्रविड, आर्य र मंगोल आदि ।
(ङ) वर्ण वा जात राष्ट्र होइन, साथै नस्ल पनि वर्ण वा जात र राष्ट्र होइन ।
८. परिवार
(१) परिवार मानव समुदायको प्रारम्भिक इकाइ हो ।
परिवार पहिले पहिले आजको अवस्थामा थिएन । प्रारम्भिक अवस्थामा परिवरको अर्थ घरेलु दास ९ाबmगबिक० थियो ।
(२) मातृसत्तात्मक समाजमा युथ विवाह थियो । पितृसत्तात्मक समाजमा युग्म विवाहको विकाससितै एकनिष्ट विवाह विकसित भयो ।
(३) व्यक्तिगत यौन प्रेमको विकास मध्ययुगमा भयो ।
(३) समाजवादबाट साम्यवादमा जाँदा विवाहका यी आधार मिट्नेछन् र व्यक्तिगत यौन प्रेममा आधारित एकनिष्ट विवाह विकसित भएर जाने छ ।
९. अन्तर्राष्ट्रियतावाद
(१) मानव समुदायको विकसित रुप अन्तर्राष्ट्रियतावाद हो ।
(२) राष्ट्रियतालाई खँदिलो तुल्याउँदै समाजवाद र साम्यवादको विकास प्रक्रियासितै अन्तर्राष्ट्रियतावादको विकास हुन्छ ।
(३) सर्वहारावर्गको स्वरुप अन्तर्राष्ट्रिय छ र सर्वहारा मानवतावाद सर्वहारा अन्तर्राष्ट्रियतावादमा आधारित छ ।
आदिम साम्यवाददेखि भविष्यको साम्यवादसम्म
(१) मानवजवातिको सामाजिक विकासको यात्रा आदिम साम्यवाददेखि भविष्यको साम्यवादसम्म उन्मुख रहेको छ ।
(२) मानव समुदायका बीचमा रही आएका सबै शोषण तथा उत्पीडनहरूको अन्त्य र मानवीय मुक्ति साम्यवादमा नै गएर हुन्छ ।
राष्ट्रियताको प्रश्न र अन्तर्राष्ट्रियतावाद
१. राष्ट्रियताको प्रश्न
(१) आधुनिक राष्ट्रको जन्म सामन्तवादका विरूद्ध पूँजीवादी जनवादी क्रान्तिको प्रक्रियामा हुन्छ ।
(२) राष्ट्रियता र राष्ट्रिय आन्दोलनका दुई पक्ष छन् । राष्ट्रिय अर्थात् जातीय राज्यहरूको निर्माण र जातीय आत्मनिर्णयको अधिकारको स्थापना ।
(३) माक्र्सवदले राष्ट्रियता र राष्ट्रिय आन्दोलनको प्रश्नलाई समाज विकासको ठोस ऐतिहासिक युगसँग जोडेर अध्ययन गर्दछ ।
२. दुई भिन्न ऐतिहासिक युग र जातीय आत्मनिर्णयको प्रश्न
(१) राष्ट्रियता र राष्ट्रिय आन्दोलनको विकास प्रक्रिया र जातीय आत्मनिर्णयको अधिकारसँग सम्बन्धित दई प्रश्नहरू
(क) पुरानो पूँजीवादी क्रान्ति (ख) नयाँ जनवादी क्रान्ति ।
माक्र्स र लेनिनका भनाइहरू
ड्ड माक्र्स एकातिर निरपेक्ष पृथकीकरणको विरोधी तथा केन्द्रीकरणकै पक्षमा हुनुहुन्थ्यो भने अर्काेतिर जातीय आत्मनिर्णयको अधिकारलाई पनि अङ्गिकार गर्नुपर्ने कुरा महत्वप्रति गम्भीर हुनुहुन्थ्यो ।
ड्ड लेनिन राष्ट्र र राष्ट्रिय आन्दोलनको ऐतिहासिक सन्दर्भमाथि ध्यान दिँदै जातीय आत्मनिर्णयको सन्दर्भमा तीन प्रकारका देशहरूको चर्चा गर्नुभएको छ ।
(१) पहिलो श्रेणीमा–पश्चिमी युरोपका विकसित देशहरू र संयुक्त राज्य अमेरिका पर्दछन् ।
(२) दोस्रो श्रेणीमा पूर्वी युरोप र मुख्यतः रूस सहितका देशहरू पर्दछ ।
(३) तेस्रो श्रेणीमा चीन, फारस, टर्की लगायतका अर्ध औपनिवेशित देश र अरू सबै उपनिवेशहरू पर्दछन् ।
३. जनवाद र राष्ट्रियता
(१) आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो ।
(२) यो युगमा अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देशहरूमा गरिने पूँजीवादी जनवादी क्रान्ति सामन्तवाद तथा साम्राज्यवाद दुवैका विरूद्ध परिलक्षित हुन्छ ।
(३) सामन्तवादको विरोधमा जनवाद र साम्राज्यवादको विरोधमा राष्ट्रिय स्वाधिनताको आन्दोलन हुने गर्दछन् र हुँदै आएका छन् ।
(४) यस प्रकारको आन्दोलन कुनै बेला जनवाद, कुनै बेला राष्ट्रियता तथा कुनै बेला दुवैलाई प्रमुख बन्दै आएका छन् र बन्ने गर्दछन् ।
(५) चिनियाँ क्रान्तिको अनुभव
४. राष्ट्रियता र अन्तर्राष्ट्रियता
सामान्यतः राष्ट्रियतालाई पूँजीवाद र अन्तर्राष्ट्रितालाई सर्वहारावाद पनि भन्न सकिन्छ । तर राष्ट्रियता पूँजीवादसम्म मात्र सीमित रहन र त्यो सर्वहारावादको छलाङ्ग हान्न पुग्न ।

(केसी ः वरिष्ठ माक्र्सवादी दार्शनिक एवम् अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्) ।

प्रतिक्रियाहरु

[anycomment]