नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले पार्टी पूनर्गठन दिवस भब्यरुपमा मनाउने

२०८३ मंसिर ३ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १३ औं पार्टी पूनर्गठन दिवस भब्यरुपमा मनाउने भएको छ । २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते नेकपा पुनर्गठन भएको दिनलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले  पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ । यसैक्रममा सो पार्टीले १३ औं पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा मंसिर ६ गते सांस्कृतिक कार्यक्रम , मंसिर ७ गते सरसफाई र प्रचारप्रसार , मंसिर ८ गते देशभक्ति उत्सव र कम्प्युन मार्ग उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
स्मरणीय छ , तत्कालिन नेकपा (माओवादी) वैचारिक, राजनीतिक र साङ्गठनिक रूपले विसर्जन भएपछि २०६९ साल असारमा मोहन वैद्य ‘किरण’ को नेतृत्वमा पार्टी पुनर्गठन भएको थियो । उक्त पार्टीसमेत क्रान्तिको लागि बाधक बनेपछि २०७१ साल मङ्सिर ८ गते विप्लब र प्रकाण्डसहितले नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएपछि रोकिएको क्रान्तिले गति लिइरहेको छ । यसैबीच, नेकपाको आठौँ महाधिवेशनले ‘एकीकृत जनक्रान्ति’ कार्यदिशा पारित ग¥यो र सोही कार्यदिशाअनुसार उसले वैज्ञानिक समाजवादी क्रान्तिको काम अगाडि बढाइरहेको छ ।

यहीबीचमा तत्कालिन ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते नेकपालाई प्रतिबन्ध लगाएको थियो। सरकारले नेकपालाई कुनै कार्यक्रम गर्न समेत नपाउने, जहाँ भेटियो त्यहीँ पक्राउ गर्ने, हतियारसहित देखापरे गोली हान्नेसम्मका आदेश सुरक्षा निकायलाई दिएको थियो।
२ वर्षसम्म प्रतिबन्ध लागाउदासमेतसो पार्टीलाई धाराशायी बनाउन नसके पछि अन्तत: सरकार र नेपाल कम्युनिष्ट पार्टीसंग बुँदे सहमति गर्न बाध्य भयो । र प्रतिबन्ध लगाउने तत्कालिन ओली नेतृत्वको सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २१ गते तीन बुँदे सहमति भयो । जसमा सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दी रिहाइ र मुद्दा खारेज गर्ने र नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको थियो । यो सहमति नेपाल कम्युनिस्ट पाटीले अक्षरशः पालना गरिराखेको छ भने सरकारले नेकपामाथि लगाएको प्रतिबन्धबाहेक अन्य बुँदाहरु हालसम्म कार्यान्वयन गरेको छैन । जसका कारण अहिले पनि नेकपाका कयौँ नेता, कार्यकर्ताहरु जेल र हिरासतमा छन् भने कैयौँ कार्यकर्ता भूmठा मुद्दा झेलिरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु