माओवादीधारको क्रान्तिकारी एकीकरण, वस्तुगत आवश्यकता र जनचाहना

२०८३ कार्तिक २९ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका कार्यबाहक महासचिव हरिभक्त कँडेलबीच भेटवार्ता भएको छ ।
दूई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा देशको वर्तमान अवास्थाका बारेमा गम्भीर विश्लेषण र छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा देश फेरि दोस्रो संकटपूर्ण अवस्थामा प्रवेश गरेको बिषयमा गम्भीर छलफल हुनुका साथै नेपालको कम्युनिस्ट आन्दोलन र माओवादीधारको बिषयमा बस्तुपरक र तथ्यपरक विश्लेषण भएको बताइएको छ ।
उक्त भेटवार्तामा दुवै नेताले माओवादीधारमा बैचारिक विचलन , दलाल संसद्वादी राजनीतिक पतन र सांस्कृतिक बिकृति मुख्य समस्या रहेको ठहर गर्दै माओबादी क्रान्तिकारीहरुले निर्ममतापूर्वक विचारधारात्मक , राजनीतिक र सांस्कृतिक क्षेत्रका गम्भीर समस्यालाई सच्याउन नेतृत्व लिएर माओवादीधारको क्रान्तिकारी एकीकरण गर्नु पर्ने वस्तुगत आवश्यकता , इमान्दार नेता- कार्यकर्ताको सुझाव र जनचाहना रहेको निष्कर्षमा पुगेको बताइएको छ ।
यसैगरी,दूई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा नवदलाल पूँजीवादी बालेन सरकार सत्तासिन भएपछि राष्ट्रको स्वाधिनता , जनताको अधिकार र श्रमजीवी जनताको जीवन इतिहासमै संकटमा परेको बिषयमा गम्भीर छलफल हुनुका साथै दशैँ र तिहार जस्तो नेपाली जनताको चाडवाड इतिहासमै महँगो भएर जनतालाई आजित बनाएको बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा दूई नेता बहुध्रुबिय विश्वको बिशेषता र विकासले नब्बेको दशक पछिको अमेरिकी विश्व प्रभुत्व र विश्व व्यवस्था धरापमा परेको र राष्ट्रिय मुक्ति र जनमुक्ति आदोलंका निम्ति २१ औँ शताब्दीको तेस्रो दशकमा प्रवेश गरेको विश्व अनुकुल बन्दै गएको निष्कर्षमा पुगेको बताइएको छ ।
यसैगरी,दूई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा नेपालको कम्युनिस्ट आन्दोलनका अगाडि अजंगका चुनौती र उद्घाटित नयाँ सम्भावनाले पुनर्गठनको ऎतिहासिक अवसर प्रदान गरेको विश्लेषण र गम्भीर छलफल हुनुका साथै नेपालको कम्युनिस्ट आन्दोलन, माओवादीधार र राष्ट्रिय राजनीतिका विद्यमान समस्याको निराकरण गर्न दूई कम्युनिस्ट पार्टीको काँधमा ऎतिहासिक जिम्मेवारी आएको र यसका निम्ति दुवै पार्टी तयार रहनु पर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु