सुन प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ

२०८३ कार्तिक २९ गते, आईतवार


काठमाडौँ । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ तोकेको छ ।
यसअघि शुक्रबार २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तिहारअघि अर्थात् गत सोमबार सुनको मूल्य २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो । सोमबारपछि शुक्रबार मात्रै नेपाली बजारमा मूल्य समायोजन गरिएको थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ७ सय रुपैयाँ रहेको चाँदी आज ३ हजार ६ सय रुपैयाँमा झरेको छ । तिहारयता चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । गत सोमबार चाँदीको भाउ ३ हजार ८५५ रुपैयाँ थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु