सम्पादकीय

सार्वभौमिकता र जनाधिकारलाई उपेक्षा नगर

प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले एकपछि अर्को राष्ट्र र जनविरोधी कार्य गरिरहेको छ । सरकारको सुकुम्बासीको उठिबास लगाउने, विश्वविद्यालयमा राजनीतिक दल निकट विद्यार्थी संगठन खारेज गर्ने, ट्रेड युनियन खारेज गर्ने, सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन–प्रसारण गराउनेलगायत सर्वोच्च अदालतको प्रधानन्यायाधिश सिफारिशमा बल मिच्याई जस्ता निर्णयले संविधानले प्रत्याभूत गरेको मानवअधिकार, नागरिक तथा पेशा स्वतन्त्रताको संवैधानिक […]

२०८३ बैशाख २७ गते, आईतवार

नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप अस्वीकार्य

भारतले चीन सरकारसँगको सहकार्यमा नेपाली भूमि लिपुलेक हुँदै …कैलाश मानसरोवर यात्रा २०२६Ú को औपचारिक घोषणा गरेसँगै नेपालको सार्वभौमिकतामाथि पुनः गम्भीर हस्तक्षेप भएको छ। भारतीय विदेश मन्त्रालयले बिहिवार जारी गरेको विज्ञप्ति अनुसार भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ । उक्त यात्राका लागि कुल २० समूह हुनेछन् । तीमध्ये १० समूह […]

२०८३ बैशाख २१ गते, सोमबार

लोकतन्त्रको धज्जी नउडाऊ

देशमा लोकतन्त्र स्थापना भएको २० वर्ष पुरा भएको छ । २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृंखला चल्यो । तत्कालीन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे। २०६१ माघ १९ गते […]

२०८३ बैशाख १४ गते, सोमबार

सम्पत्ति छानबिन बहालवाला प्रधानमन्त्री र मन्त्रीहरु बाटै सुरु गरौँ

प्रधानमन्त्री बालेन्द्र शाह र उनी नेतृत्वका मन्त्रिपरिषद्का मन्त्रीहरुले हालै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरणले आम जनताको मनमा धेरै प्रश्न सिर्जना गरेको छ । सार्वजनिक भएको विवरण अनुसार प्रधानमन्त्री शाहसँग सुन र हिरामात्रै १९० तोला रहेको छ । त्यसैगरी मन्त्री गौरी कुमारी यादवसँग सुन १८० तोला, मन्त्रीहरु सुधन […]

२०८३ बैशाख ६ गते, आईतवार

वैज्ञानिक समाजवादको बाटोमा अघि बढौँ

सरकारले प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल गठन गरेको छ । नेपालको संविधानको धारा २७४ ले संविधान संशोधनसम्बन्धी स्पष्ट प्रावधान गरेको छ । जसमा सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको छ । यी बाहेक देश […]

२०८२ चैत्र ३० गते, सोमबार

सार्वभौमिकता र जनाधिकारलाई उपेक्षा नगर

हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन पछि रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा गठित सरकारले सुरुमै केही जनविरोधी निर्णय गरेको छ ।  सरकारले विश्वविद्यालयमा राजनीतिक दल निकट विद्यार्थी संगठन खारेज गर्ने, निजामती सेवामा दलिय ट्रेड युनियन खारेज गर्ने, सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन–प्रसारण गराउने जस्ता निर्णयले संविधानले प्रत्याभूत गरेको मानवअधिकार, नागरिक तथा पेशा […]

२०८२ चैत्र २२ गते, आईतवार

नेपालको सार्वभौमिक अखण्डताको    रक्षा गरौँ

भारत र चीनले नेपालको लिपुलेक भञ्ज्याङ क्षेत्र हुँदै सीमा व्यापार पुनः सुरु गर्न लागेको समाचार सार्वजनिक भएको छ । भारतको समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का अनुसार करिव ६ वर्षको अन्तरालपछि उक्त नाका सञ्चालनमा ल्याउने तयारी गरिएको हो । रिपोर्टअनुसार उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईंलाई उद्धृत गर्दै सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने व्यापार सत्रका […]

२०८२ चैत्र १६ गते, सोमबार

निर्वाचनले दिएको सन्देश

यतिबेला प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ भने नयाँ सरकार गठनको तयारी भइरहेको छ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमार्फत जनताले पुराना राजनीतिक दल र तिनका नेतालाई राजनीतिको मुलधारबाट अलग्याई दिएका छन् भने नयाँ राजनीतिक दल र नेतालाई झन्डै दुई तिहाई मत दिएर देशको राजनीतिक कार्यभार सुम्पिएका छन् । हालै […]

२०८२ चैत्र ८ गते, आईतवार

महिला अधिकारलाई नारामै सिमित नगरौँ

आज मार्च ८, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपाललगायत विश्वभर आज विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । सन् १९११ देखि मनाउन शुरु गरिएको अन्तर्राष्ट्रिय नारी दिवसले ११६ वर्ष पार गरिसकेको छ । सर्वप्रथम सन् १९०९ को २८ फेब्रुअरीमा संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले नारी दिवस मनाएको थियो । यसपछि सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको […]

२०८२ फाल्गुन २४ गते, आईतवार

सच्चा देशभक्त र जनउत्तरदायी उम्मेदवारलाई मतदान गरौँ

यसै साता प्रतिनिधिसभा सदस्यको लागि मतदान हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भइ सकेको जनाएको छ भने निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारले प्रचार प्रसारलाई घनिभूत ढंगले अगाडि बढाई रहेका छन् । देशमा भएको चरम भ्रष्टाचार, नातावाद, आर्थिक गतिहीनता र राजनीतिक अस्थिरताप्रतिको गहिरो निराशाका बीच गत भदौ २३ गते जेन–जीको आन्दोलन […]

२०८२ फाल्गुन २० गते, बुधबार