शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
काठमाडौँ । नेपाल शिक्षक महासंघले वर्तमान सरकारले पनि शिक्षक–कर्मचारीका पिर मर्कामा कुनै संवेदनशीलता नदेखाएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको छ । महासंघले आइतबार विज्ञप्ति निकालेर सरकार शिक्षक–कर्मचारीको मागमा संवेदनशील नभएको बताएको छ ।
महासंघले सरकार समक्ष सातबुँदे माग अघि सार्दै विगतमा नेपाल सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै माग पूरा गर्न सरकार र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
महासंघले सार्वजनिक गरेको विज्ञप्तिमा सहमति कार्यान्वयनमा ढिलाइ हुँदा शिक्षक–कर्मचारीले थप पीडा भोग्नुपरेको उल्लेख गर्दै । शिक्षक आन्दोलनपछि भएका सहमतिअनुसार सार्वजनिक शिक्षाको सुधार र शिक्षक–कर्मचारीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएको जनाएको छ ।
महासंघको अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ – ‘नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार बिच विगतमा भएको सबै सहमती कार्यान्वयन भएको भए आजका दिनमा शिक्षा क्षेत्रका अधिकांश समस्या समाधान भई सकेको हुन्थ्यो भने देशले गुणस्तरीय सार्वजनिक शिक्षाको दिशामा लामो फड्को मारी सकेको हुन्थ्यो। त्यसै गरी शिक्षण पेसा नयाँ पुस्ताका लागि एउटा आकर्षणको क्षेत्र बनेको हुन्थ्यो। शिक्षक आन्दोलनपछि वार्तामा शिक्षक- कर्मचारीसँग सहमती गन्ने, सार्वजनिक खपतका लागि शिक्षा र शिक्षक-कर्मचारीको पक्षमा अग्रगामी भई बोल्ने तर तिने विषयहरू कार्यान्वयनमा भन्ने कहिल्यै इमानदार र जिम्मेवार नहुने राज्य चरित्रका कारण लामो समयदेखि थुप्रै पीडा सहेर शिक्षक-कर्मचारीले उही र उस्तै माग मुद्दामा लडिरहनु परेको अवस्था छ। विशाल जनमतसहित गठित वर्तमान सरकारले पनि शिक्षक-कर्मचारीका पिर मर्कामा कुनै सवेदनशीलता देखाएको पाइदैन। यही परिस्थिति निरन्तर रहेमा नेपाल शिक्षक महासङ्घ कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुने कुरा समेत जानकारी गराउँदै निम्न विषयमा वर्तमान सरकार एवम् शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानकर्षण गरउँछौं।
१. शिक्षकहरूको निवृत्तीभरणको सवालमा नयाँ विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई आधार बिन्दु बनाई त्यसबन्धमा अधि स्थायी भएको सबै शिक्षकलाई पुरानो प्रणाली अनुसार निवृत्तीभरण प्रदान गन्ने र नयाँ विद्यालय शिक्षा ऐन जारी भएपछि स्थायी हुने शिक्षक-कर्मचारीको हकमा योगदानमा आधारित निवृत्तीभरण प्रणाली आरम्भ गन्ने व्यवस्था शिक्षा ऐनमा मिलाउने र निवृत्तीभरण ऐन सो अनुसार संशोधन गर्ने ।
२.अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएको शिक्षकको निवृत्तीभरण प्रयोजनका लागि नपुग सेवा अवधि अस्थायी सेवाबाट जोडी निवृत्तीभरण दिने र यो सुविधा हाल निवृत्त भइसकेको त्यस्तो शिक्षकलाई पनि उपलब्ध गराउने।
३. दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरूले दुर्गम/स्थानीय भत्ता पाइरहेको अवस्थामा हाल कार्यक्रम कार्यान्वयन पुस्तिकामा समावेश नभएको आधार मानेर हटाईएको बुझ्भन आएको छ । विगतका वर्षहरूमा खाईपाई सकेको उत्क भत्ता महालेखा परीक्षकको कार्यालयले वेरजु देखाई शिक्षा विकास समन्वय एकई वा स्थानीय पालिका मार्फत फिर्ता गर्न सम्बन्धित शिक्षकलाई पत्रचार गरेकोले हिजो खाईपाई आएको रकम शिक्षकलाई फिर्ता गर्नु गराउनु न्यायसङ्गत होइन । अतः नेपाल सरकारले उत्क विभेदकारी नीति सच्चाइ सबै शिक्षकहरूलाई दुर्गम/स्थानीय भत्ता प्रदान गर्ने ।
४. विद्यालय कर्मचारी र इसिडिका शिक्षकको दरबन्दी सिर्जना गरी पद अनुसार नेपाल सरकारबाट तलवभत्ता उपलब्ध गराउने।
५. विद्यालय शिक्षा ऐनका लागि विधेयकको मस्यौदा तयार गरी त्यसमा नेपाल शिक्षक महासङ्घसंग संस्थागत सहकार्य र संवादबाट विद्यालय शिक्षा विधेयक मस्यौदा तयार गने र विगतमा भएको सबै सहमति सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन अवििलम्ब जारी गर्ने ।
६. नेपाल शिक्षक महासङ्घको तेस्रो राष्ट्रिय परिषदबाट पारित भई पेश भएको ५४ सूत्रीय मागलाई अवििलम्ब सम्बोधन गर्ने ।
७. नेपाल शिक्षक महासङ्घबाट शिक्षा नियमावली (दसौं संशोधन) को नियम १८७ उपनियम ३ अनुसार मन्त्रालयमा पेश भएको विधानलाई अवििलम्ब स्वीकृत गर्ने ।’
