खेल

मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ

काठमाडौँ । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित एस्टाडियो मास मोनुमेन्टलमा भएको खेल मेस्सीको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हो । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको हो । बुधबार ब्युनस आयर्सस्थित मास मोन्युमेन्टल रंगशालामा घरेलु टोली […]

२०८३ आश्विन २१ गते, बुधबार

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि

काठमाडौँ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायत विभिन्न जिल्लामा आयोजना हुने भएको छ । प्रत्येक दुई वर्षमा चक्रीय प्रणालीअनुसार आयोजना हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताको यसपटकको जिम्मेवारी कर्णाली प्रदेशले पाएको हो ।प्रतियोगिता आयोजना गर्ने नेपाल सरकारको निर्णयलाई मूल आयोजक समितिले स्वागत गर्दै सरकारलाई धन्यवाद दिएको छ । […]

२०८३ आश्विन १९ गते, सोमबार

मेसीद्वारा क्लब ‘सीडी एल्डेन्से’ खरिद

काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन (ला लिगा २) को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन् । आवश्यक नियामक निकायको स्वीकृति प्राप्त भएसँगै क्लब हस्तान्तरणको प्रक्रिया औपचारिक रूपमा पूरा भएको हो । ३९ वर्षीय मेसीले स्पेनी क्लबमा लगानी गरेको यो दोस्रो पटक हो । यसअघि गत अप्रिलमा उनले क्याटालन क्लब कोर्नेला […]

२०८३ आश्विन १६ गते, शुक्रबार

एसियाली खेलकुद : नेपाल चार खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । जापानमा जारी एसियाली खेलकुदको १२औँ दिन आज नेपालका खेलाडीले चार खेलमा प्रतिस्पर्धा गर्दैछन्। आज हुने खेलमा गल्फतर्फ सुवास तामाङ, राहुल विश्वकर्मा र तारा कार्कीले दोस्रो राउन्ड खेल्नेछन्। पहिलो राउन्डमा सुवास १८औँ, राहुल ४३औँ र तारा ४३औँ स्थानमा छन्। पुरुष टिम इभेन्टमा नेपाल १४औँ स्थानमा रहेको छ।जुडोमा पुनम श्रेष्ठले महिला ७० केजी तौल समूहको […]

२०८३ आश्विन १५ गते, बिहीबार

एसियाली खेलकुदः नेपालले गल्फ र जुडोमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत गल्फ र जुडोमा नेपालले प्रतिस्पर्धा गर्दैछ। गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नेछिन्।गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापामगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिएका छन्। उनले खेलाडीले राम्रो अभ्यास […]

२०८३ आश्विन १४ गते, बुधबार

एसियन गेम्स क्रिकेटः श्रीलंका सेमिफाइनलमा, नेपाल बाहिरियो

काठमाडौँ । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ। आज बिहान पौने ६ बजेदेखि सुरु हुनुपर्ने खेल लगातारको वर्षाका कारण सञ्चालन हुन नसकेपछि रद्द गरिएको हो। खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपालको यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ।नेपालले समूह चरणमा […]

२०८३ आश्विन १३ गते, मंगलवार

एसियाली खेलकुदः नेपाल टेनिस र एथलेटिक्सतर्फ प्रतिस्पर्धा गर्दै

काठमाडौँ । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार आज टेनिसको महिला डबल्समा शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो शिमिजुको जोडीको सामना गर्ने छ।महिला सिङ्गल्समा भने शिभाली र स्वस्तिका दुवै पहिलो चरणबाटै बाहिरिएका थिए। शिभाली दक्षिण कोरियाकी दायोन […]

२०८३ आश्विन १२ गते, सोमबार

महिला कबड्डी :नेपाल भारतसँग पराजित

काठमाडौँ । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा नेपाल ४८–२४ अंकले भारतसँग हारेको हो।भारतले खेलको पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि भारतले १७–७ को अग्रता कायम राख्दै सहज जित निकालेको हो।यससँगै नेपालले महिला कबड्डीमा कास्य पदकमा चित्त बुझाएको छ। यसअघि […]

२०८३ आश्विन ९ गते, शुक्रबार

महिला कबड्डी: नेपाल चाइनिज ताइपेइसँग पराजित

काठमाडौँ । नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुदमा चाइनिज ताइपेइसँग ३७–१८ को हार व्यहोरेको छ । बुधबार टोकाइ सिटिजन जिम्नेसियममा समूह ‘बी’अन्तर्गतको खेल पहिलो हाफमा १३–१३ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन । दोस्रो हाफ नेपालले २४–५ ले गुमायो । प्रतियोगितामा नेपालको यो पहिलो हार हो । नेपालले […]

२०८३ आश्विन ८ गते, बिहीबार

एसियाली खेलकूदः नेपाली खेलाडी सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दै छ। आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ।नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा आज चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ। समूह चरणमा चिनियाँ ताइपेई, नेपाल, श्रीलंका र थाइल्यान्ड छन्। समूह चरणका खेलपछि […]

२०८३ आश्विन ७ गते, बुधबार